काठमाडौं । भदौ २३ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरूको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ।
नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले आन्दोलनमा परेर मृत्यु भएकाहरूलाई शहीदका रूपमा राष्ट्रिय सम्मान दिने र अन्त्येष्टि गर्ने जानकारी दिनुभयो।
हालसम्म आन्दोलनमा ७१ जनाको मृत्यु भएको पुष्टी भएको छ ।
यस्तै सरकारले जेनजी आन्दोलनका मारिएकाहरुको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने निर्णय गरेको छ।
गृहमन्त्री अर्यालले मृतकका परिवारलाई काजकिरिया खर्चका लागि तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गर्नुभएकाे छ ।
शोक दिवस मनाउने मिति मन्त्रिपरिषद्ले तय गर्ने र निर्णयलाई मन्त्रिपरिषद्को बैठकबाट औपचारिकता दिइने छ।
गृहमन्त्री अर्यालले पदभार ग्रहण गरे लगत्तै उक्त निर्णय गर्नुभएकाे हाे। यो निर्णयलाई अब मन्त्रिपरिषद्को बैठकबाट औपचारिकता दिइनेछ।
कहिले शोक दिवस मनाउने भन्ने निर्णय मन्त्रिपरिषद्ले तय गर्ने छ। ख
प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२