काठमाडौं । सङ्घीय संसद सचिवालयले जेनजी युवाको प्रदर्शनका क्रममा लुटिएका सामान फिर्ता गर्न आग्रह गरेको छ।
सचिवालयको आन्तरिक सेवा तथा योजना शाखाले आज सूचना जारी गर्दै प्रिन्टर, स्क्यानर, क्यामेरा, टेलिभिजन, मोनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी मेसिन लगायतका सामान हराएको जनाएको छ।
शाखाले सामान कसैसँग भए वा कतै देखिए जानकारी दिन तथा भिडिओ प्रमाण भए उपलब्ध गराउन अनुरोध गरेको छ। जानकारी दिने व्यक्तिको परिचय गोप्य राखिने पनि सचिवालयले जनाएको छ।
भदौ २४ गते नयाँ बानेश्वरस्थित संसद भवनमा तोडफोड, आगजनी र लुटपाट भएको थियो।
प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२