काठ्माडाैँ । अन्तरिम सरकारको नेतृत्व चयन भएको तीनदिन पछि मन्त्री परिषद् विस्तार भएको छ ।
राष्ट्रपति कार्यालयको जलेको भवन बाहिर आज तीन मन्त्रीहरु अर्थमन्त्री रामेश्वर खनाल, उर्जा, भौतिक योजान र सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह र कानुनमन्त्री ओमप्रकाश अर्यालको शपथ भएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले तीन मन्त्रीलाई शपथ ग्रहण गराउनुभएको हो।
घिसिङलाई तीन मन्त्रालय र अर्याललाई दुई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
सरकारी निकाय र कूटनीतिक नियोगका प्रमुखहरु पनि शपथमा उपस्थित भएका थिए । तर प्रतिनिधि सभाका सभामुख भने कार्यक्रममा सहभागी हुनुभएको छैन।
प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२