चाडपर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि सहुलियत पसल सञ्चालन गरेको छ । निषेधाज्ञा र कर्फ्यू हटेसँगै खाद्यले शुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । आजदेखि ४५ जिल्लाका १ सय ११ स्थानबाट सञ्चालन हुनेछ ।
चाडपर्वमा खाद्यवस्तुको धेरै खपत हुने हुँदा आम उपभोक्ता नठगिउन भन्ने उद्देश्यले हरेक वर्ष सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले शुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ ।
खाद्यले हरेक वर्ष बिक्री गर्दै आएको खसीबोका र च्याङ्ग्रा भने बिक्री गर्ने कि नगर्ने निर्णय गरिसकेको छैन । कम्पनीले यस वर्षको दशैँका लागि ४ करोड ७७ लाखका करिब १३ सयभन्दा बढी खसीबोका र च्याङ्ग्रा खरिद गर्ने तयारी गरेको थियो ।
यसैबीच जेनजीको प्रदर्शनका नाममा लुटपाट हुँदा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका करिब १३ करोड रुपैयाँ बराबरको क्षति भएको कम्पनीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२