काठमाडौँ । नेपाली सेनाले काठमाडौँ उपत्यकामा आफ्नो तर्फबाट कतै पनि कर्फ्यु वा निषेधाज्ञा नभएको प्रष्ट पारेको छ ।
आज बिहान ६ बजेसम्म कर्फ्यु लगाइएको सूचना नेपाली सेनाले हिजो निकालेको थियो । तर बिहान ५ बजेदेखि नै चहलपहल छ ।
गएराति अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त तथा शपथ कार्यक्रम सकिएपछि सम्भावित जोखिम कम भएको निष्कर्षका साथ नेपाली सेनाले सुरक्षा व्यवस्था खुकुलो बनाएको सुरक्षा स्रोतको भनाइ छ ।
सीआईएनसँग कुराकानी गर्दै नेपाली सेनाका सूचना अधिकारी राजाराम बस्नेतले आफूहरूले काठमाडौँ उपत्यकामा कतै पनि कर्फ्यु वा निषेधाज्ञा लागु नगरेको तर प्रशासनको कर्फ्यु वा निषेधाज्ञा लगाएको भएमा जानकारीमा छैन भन्नुभयो ।
प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२