धनगढी ।। जेनजीको आन्दोलनपछि भारतसँग जोडिएका सुदूरपश्चिमका सीमा नाकामा कडाइ गरिएको छ।
कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकीसहितका नाकामा अब भारत जानको लागि आधार कार्ड र नेपाल फर्किनेका लागि नेपाली परिचयपत्र अनिवार्य गरिएको छ।
नेपाल प्रहरीले दिएको जानकारीअनुसार सुदूरपश्चिमका आठ जिल्लाका करिब १४ सय कैदीबन्दी कारागारबाट भागेका छन्। उनीहरू सीमाना हुँदै भाग्ने आशंकामा कडाइ गरिएको बताइएको छ।
सीमानाकामा कडाइ भएपछि सर्वसाधारणलाई भने सास्ती भएको छ। निषेधाज्ञा र कफ्र्युका कारण भारतबाट फर्किनेहरू बाटोमै अलपत्र परेका छन्।
यसबीच, नेपाली सेना परिचालन भएकाले धनगढीसहितका सहरी क्षेत्र सुनसान देखिएका छन्। सडकमा नागरिकहरूको आवागमन लगभग बन्द छ।
प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२