काठमाडौँ । मुलुकमा शान्तिसुरक्षा कायम गर्न भन्दै नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्युको अवधि थप गरेको छ ।
गएरातिदेखि सुरक्षाको जिम्मा लिएको नेपाली सेनाले केहीबेर अघि निषेधाज्ञा र कर्फ्युको अवधि थपिएको जानकारी दिएको हो ।
जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार आज बुधबार बेलुका पाँच बजेसम्म देशभर निषेधाज्ञा जारी रहने छ भने आजै साँझ पाँचबजेपछि भोलि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी रहनेछ ।
प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२