काठमाडौँ । भ्रष्टाचारको विरोध र सुशासनका लागि भन्दै युवाहरूले आज काठमाडौँलगायत देशभर गरेको विरोध प्रदर्शनका क्रममा हालसम्म १७ जनाको मृत्यु भएको छ ।
सरकारले यस बारेमा जानकारी नदिए पनि घाइतेको उपचार भइरहेको अस्पतालले दिएको विवरण अनुसार मृत्यु हुनेको सङ्ख्या १७ पुगेको हो ।
एम्बुलेन्स चालक सङ्घका अनुसार काठमाडौँमा मात्रै ५० भन्दा धेरै गम्भीर अवस्थाका घाइते अस्पताल पुर्याइएको छ ।
विरोध प्रदर्शनका क्रममा झडप र गोली लागेर घाइते भएकाहरुलाई अस्पताल लैजाने क्रममा ५ वटा एम्बुलेन्समा तोडफोड भएको सङ्घले जनाएको छ ।
नेपाल एम्बुलेन्स सर्भिस १०२ नम्बरका ३ वटा साधन काठमाडौँको बानेश्वरमा आन्दोलनकारीले तोडफोड गरेका छन् ।
प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२