काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज साँझ बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ । बैठक साँझ ६ बजेपछि बस्ने गरी तय गरिएको एक नेताले बताउनुभयो ।
आज देशभर सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको विरोधमा जेनजी पुस्ता सडकमा उत्रिएका छन्। प्रधानमन्त्रीको बैठकमा यही आन्दोलन र समसामयिक विषयहरूमा छलफल हुने जनाइएको छ।
यसैबीच, कांग्रेसले पनि सरकारमाथि दबाब बढाएको छ। सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीसँग यस विषयमा कुरा गर्दै सरकारको निर्णय फिर्ता लिन आग्रह गरेका छन्।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेनजी युवाहरूले उठाएका माग तत्काल पूरा गर्न सरकारसँग आग्रह गर्नुभएको छ । मध्यपहाडी लोकमार्ग अभियानका क्रममा प्रचण्डले नयाँ बानेश्वरमा शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेकोमा आपत्ति जनाउनुभएको छ । उहाँले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मृत्यु भएका प्रदर्शनकारीको वास्तविक तथ्य बाहिर ल्याउन सरकारसँग माग गरेका छन्।
जेनजी आन्दोलनमा ८ जनाको मृत्यु, काठमाडौं तनावग्रस्त
आज भएको जेनजी प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा आठ प्रदर्शनकारीको मृत्यु भएको छ।
घाइते प्रदर्शनकारीलाई उपचारका लागि सिभिल अस्पतालमा पु¥याइएकोमा दुई जनाको केहीबेरअघि मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ। त्यसैगरी, ट्रमा सेन्टरमा पाँच जना र काठमाडौँ मेडिकल कलेजमा एक जनाको मृत्यु भएको पुष्टि भएको छ। उनीहरू सबै रबरको गोली लागेर गम्भीर घाइते भएका थिए । थप उपचारका लागि अस्पताल पु¥याएएको भए पनि उनिहरुलाई बचाउने प्रयास सफल भएन।
प्रहरीको बल प्रयोगपछि आन्दोलन अझ हिंसात्मक बनेको छ। काठमाडौँका विभिन्न क्षेत्रमा दिउँसो साढे १२ बजेदेखि कफ्र्यू जारी गरिएको छ, तर प्रदर्शन रोकिएको छैन। नयाँ बानेश्वर क्षेत्र अहिले पनि तनावग्रस्त छ र घाइतेहरूको संख्या अझै निश्चित भएको छैन।
प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२