काठमाडाैँ । निवृत भरण व्यवस्थापन कार्यालयले असोज १ गते दशैं पेस्की दिने जनाएको छ ।
दशैं पेस्की बिना भदौ महिनाको पेन्सन निकासा गरेपछि निवृत्तभरण प्राप्त गर्दै आएकाहरु असन्तुष्ट बनेका छन् ।
विगतका वर्षमा भदौ महिनाको निवृत्त भरण (पेन्सन)सँगै दशैं पेस्की पनि आउने गरेको थियो, यसबर्ष नआएपछि उनीहरु असन्तुष्ट बनेका हुन । तर घटस्थापनाको १५ दिन अगाडी मात्र पेस्की दिने प्रावधान रहेका कारण यो वर्ष दशैं पेस्की बिना भदौ महिनाको पेन्सन निकासा गरेको कार्यालयका प्रमुख बिष्णुप्रसाद खरेलले सीआइएनसँग बताउनुभयो ।
सरकारले हालसम्म (योगदानका आधारमा) निवृत्तभरण (पेन्सन) निजामती कर्मचारी, सेना, प्रहरी, सशस्त्र प्रहरी तथा शिक्षकहरुको लागि दिदै आएको छ । यसबर्ष पेन्सन लिने ३ लाख ४५ हजार जना छन् ।
प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२