मुगु । सामुदायिक रेडियोकर्मि सुनार सम्मानित हुनभएको छ ।
जिल्लाभित्र लामो समयदेखि रेडियो पत्रकारितामा संलग्न भई विकास, सुशासन लगायतका विषयमा समाचार प्रकाशन तथा प्रसारण गर्दै आएको योगदानको कदर गर्दै उहाँलाई सम्मान गरिएको हो।
जिल्ला समन्वय समिति मुगुको नवौं जिल्ला सभाको अवसरमा नेपाल सरकारका वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही, कर्णाली प्रदेश सभा सदस्य मंगल बहादुर शाही र जिल्ला समन्वय समितिका प्रमुख मञ्जन बहादुर कार्कीले संयुक्त रूपमा प्रशंसा पत्र प्रदान गर्दै सुनारलाई सम्मान गरेका हुन्।
सुनारसँगै मुगुका अन्य पाँच जना पत्रकार पनि सम्मानित भएका छन्। नवौं जिल्ला सभाको अवसरमा जिल्लामा कार्यरत कर्मचारी, शिक्षकलगायतलाई पनि सम्मान गरिएको थियो।
यसअघि पनि सामुदायिक सूचना नेटवर्क (सीआईएन) बाट ‘उत्कृष्ट सामुदायिक रेडियोकर्मी’ सम्मान प्राप्त गरिसकेका सुनार जिल्लाका विभिन्न संघसंस्थाबाट सम्मानित भइसकेका छन्। हाल सुनार सामुदायिक रेडियो मुगुमा समाचार प्रमुखका रूपमा कार्यरत हुनुहुन्छ भने सीआईएनको जिल्ला संवाददाता, न्युज कारखाना लगायतका स्थानीय तथा राष्ट्रिय मिडियामा आवद्ध हुनुहुन्छ ।
प्रकाशित मिति: आइतबार, भदौ १५, २०८२