काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन चीनको थियानजिन पुग्नुभएको छ।

(तस्बिर : दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय)
राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली त्यहाँको स्थानीय समयअनुसार आज दिउँसो ३ बजेर १५ मिनेटमा हिमालय एयरलाइन्सको विशेष विमानमार्फत थियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो ।

विमानस्थलमा चीन सरकारका उच्च अधिकारी, चीनका लागि नेपालका राजदूत डा. कृष्णप्रसाद ओली र नेपालका लागि चीनका राजदूत चेन सोङलगायतले स्वागत गरेका थिए । प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच आजै भेटवार्ता हुने कार्यक्रम छ ।

(तस्बिर : दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय)
प्रकाशित मिति: शनिबार, भदौ १४, २०८२