काठमाडौँ । उखु किसानले यही भदौ २५ गतेदेखि राजमार्ग अवरुद्ध गर्ने चेतावनी दिएका छन्।
आज उखु उत्पादक महासङ्घ र उखु उत्पादन हुने जिल्ला सङ्घहरूको संयुक्त बैठकले अनिश्चितकालका लागि राजमार्ग बन्द गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
आफूहरूका माग सम्बोधन गराउन निर्णायक आन्दोलन गर्नुपरेको र सशक्त आन्दोलनका लागी सबै जिल्लाका उखु किसानहरूको सक्रिय सहभागितामा सर्लाहीको हरिवनमा २५ गतेदेखि अनिश्चितकालिन राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने सर्वसम्मत निर्णय भएको जानकारी दिइएको छ ।
सरकारले उखु किसानलाई उपलब्ध गराउन बाँकी अनुदान रकम कुनै सर्त नराखी भुक्तानी गर्ने तथा उखुको मूल्य तोक्दा किसान प्रतिनिधिहरूको सहभागिता हुनुपर्ने माग किसानको छ ।

प्रकाशित मिति: शनिबार, भदौ १४, २०८२