वीरगञ्ज । हैजा पुष्टि भएको वीरगञ्ज महानगरपालिका क्षेत्रमा अहिले खानेपानी परीक्षण तथा शुद्धिकरणको काम सुरु गरिएको छ ।
हैजा प्रभावित क्षेत्रमा खानेपानी तथा ढल व्यवस्थापन विभागबाट पानी परीक्षणका लागि मोबाइल भ्यानसहितको टोली परिचालन गरिएको र उक्त टोलीले अहिले तीव्र गतिमा पानी परीक्षण गरिरहेको खानेपानीमन्त्री प्रदीप यादवले जानकारी दिनुभयो ।
आज बिहानदेखि हैजा प्रभावित क्षेत्रहरूमा प्राविधिक टोलीले विभिन्न वडाहरूमा पानी परीक्षणको काम सुरु गरेको हो ।
प्राविधिक टोलीले प्रभावित क्षेत्रहरूमा पानी परीक्षण तथा शुद्धिकरणको काम अगाडि बढाएको छ ।
वीरगञ्ज महानगरपालिकाका विभिन्न वडा तथा टोलहरूमा हैजा रोगको सङ्क्रमण देखिएको र २ जनाको मृत्युसमेत भएपछि खानेपानी मन्त्रालय र विभागको प्राविधिकलगायतको टिम हैजा प्रभावित क्षेत्रमा खटिएको हो ।
प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२