काठमाडौँ । मधेश प्रदेश सरकारले सात वर्ष अघि सञ्चालनमा ल्याएको ‘मुख्यमन्त्रीले बेटी पढाउ बेटी बचाउ’ योजनाअन्तर्गत छोरी शिक्षा बीमा कार्यक्रम स्थगित भएको छ ।
मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा ‘छोरी शिक्षा बीमा’ को लागि बजेट विनियोजन नगरेको शिक्षा विकास निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका निर्देशक महेन्द्र महतोले बजेट अभावमा कार्यक्रम हाल स्थगित भएको सीआईएनसँग बताउनुभयो । छोरी शिक्षा बीमा कार्यक्रमअन्तर्गत हालसम्म १४ हजार ४ सय ५३ जना छोरीको बीमा गरिएको छ ।
आर्थिक वर्ष २०७५/७६ मा पाँच हजार ६ सय ६६ जना, आर्थिक वर्ष २०७८/७९ मा एक हजार ७ सय २, २०७९/८० मा तीन हजार ३ सय २ जना र २०८०/८१ मा तीन हजार ७ सय ३ जना छोरीको बीमा गरिएको थियो ।
हाल १० हजार छोरीको बीमाको प्रिमियम तिर्न बाँकी छ । कार्यक्रमअन्तर्गत एक जनाको बीमा गर्दा ३७ हजार चार सय ५७ रुपैयाँ ३७ पैसा प्रिमियम तिर्नुपर्छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२