काठमाडौँ । सर्वोच्च अदालतले रौतहटको गौर हत्याकाण्डको मुद्दा अगाडि बढाउन परमादेश दिएको छ।
न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको इजलासले यो परमादेश जारी गरेसँगै २७ जनाको मृत्यु भएको १९ वर्ष पुरानो गौर हत्याकाण्डको अनुसन्धान तथा अभियोजन प्रक्रिया बढ्ने भएको छ।
सर्वोच्चको परमादेशपछि सांसद प्रभु साहले सामाजिक सञ्जालमा गौर हत्याकाण्डको मुद्दा अगाडि बढाउन गरेको आदेशबाट न्यायको जित भएको बताउनुभएको छ।
प्रकाशित मिति: सोमबार, भदौ २, २०८२