काठमाडौँ । नेपालमा पहिलोपटक ‘निःसन्तान उपचार (आईभीएफ) सेवा सञ्चालन सम्बन्धी मापदण्ड, २०८२’ स्वीकृत भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गरी स्वीकृत मापदण्डले आईभीएफ सेवा, प्रयोगशाला, जनशक्ति व्यवस्थापन र शुक्रकीट तथा अण्डा दान प्रक्रिया व्यवस्थित गर्ने जनाइएको छ ।
निःसन्तान उपचार केन्द्रहरूको कानुनी आधारमा प्रभावकारी नियमन गर्ने, निःसन्तान उपचार सेवामा एकरूपता ल्याउने, न्यूनतम भौतिक पूर्वाधार, जनशक्ति र प्रयोगशालाको स्तर तोक्ने, सेवा शुल्कलाई पारदर्शी बनाउने तथा सेवाग्राही र दाताको अधिकार सुनिश्चित गर्ने मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले सीआईएनसँग बताउनुभयो ।
मापदण्ड बमोजिम सेवा प्रदायकलाई पूर्ण जिम्मेवार बनाइने छ । तोकिएको मापदण्ड पालना नगर्ने जो सुकैलाई कानुनी दायरामा ल्याइने मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ १, २०८२