ताप्लेजुङ । चालु आर्थिक वर्षको साउन महिनामा ताप्लेजुङको पाथीभरा मन्दिरमा झण्डै साढे १० लाख रुपैयाँ भेटी सङ्कलन भएको छ ।
चालु आर्थिक वर्ष २०८२/०८३ को साउनमा १० लाख ३९ हजार रुपैयाँ भेटी सङ्कलन भएको हो ।
पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरण अनुसार एक महिनाको अवधिमा उक्त रकम बराबरको भेटी सङ्कल भएको हो ।
समितिले तीर्थयात्रीले चढाएको भेटी प्रत्येक महिना गणना गरेर बैँकमा जम्मा गरेर कुल रकमको विवरण सार्वजनिक गर्छ ।
कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार साउनमा दुई हजारभन्दा बढी तीर्थयात्री दर्शनका लागि पाथीभरा पुगेका छन् ।
एक महिनाको अवधिमा दुई हजार एक सय छयालीस जना भक्तजन मन्दिर दर्शनका लागि पाथीभरा पुगेको समितिले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ १, २०८२