दाङ । दाङको तुलसीपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई किशोरको मृत्यु भएको छ ।
घोराही–तुलसीपुर सडकखण्डको तुलसीपुर–७ मोतिपुर ओरालोमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।
दुर्घटनामा ट्याक्टरमा चढेका तुलसीपुर उपमहानगरपालिका–१७ का अन्दाजी १५ वर्षिय सविन भण्डारी र सोही ठाउँका अन्दाजी १७ वर्षका मनोज रोका मगरको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि लगिएकोमा राप्ती प्रादेशिक अस्पतालमा डाक्टरले मृत घोषणा गरेका हुन् ।
तुलसीपुरबाट बिजौरीतर्फ जाँदै गरेको रा १ त ३४७८ नम्बरको ट्याक्टर आज बिहान ११ बजेतिर मोतिपुर ओरालोमा अनियन्त्रित पल्टिएको हो ।
प्रहरीले ट्याक्टर चालक तुलसीपुर–१७ मानपुरका २६ वर्षिय सुरेश चौधरी, १५ वर्षका धन बहादुर चौधरी र तुलसीपुर–१८ बजौरी बस्ने बर्ष २६ का प्रकाश चौधरीलाई नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२