काडमाडौँ । बितेको एक घण्टामा बागमती, गण्डकी, कोशी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा र कर्णाली अनि सुदुरपश्चिम प्रदेशका एकदुई स्थानमा पानी परिरहेको छ ।
आज दिउँसो देशभरको आकासमा बादल लाग्नेछ ।
बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा बाँकी तराई भू-भागका केही स्थानहरूमा आकास गड्याङगुडुङ गर्ने, चट्याङसहित मध्यम खालको पानी पर्ने सम्भावना रहेको जल तथा मौसमव विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी प्रदेशको तराई भू-भाग तथा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेकाले नदी किनारमा रहेका, पहिरो र बाढीको जोखिममा रहेका व्यक्तिले सावधानी अपनाउनुपर्ने महाशाखाले भनेको छ ।
प्रकाशित मिति: सोमबार, साउन १२, २०८२