पर्वत । पर्वतको मोदी गाउँपालिका ३ देउरालीको लाङ्दीमा माथिवाट आएको पहिरोले एक घर पुरिँदा वृद्ध दम्पत्ति पुरिएर वेपत्ता भएका छन् ।
लाङ्दी स्थित छविलाल विश्वकर्माको एक तले घर पुरिँदा ७६ वर्षिय बृद्ध छविलाल र उहाँकी श्रीमती ७६ वर्षिया विष्णुमती विक पुरिनुभएको हो ।
उहाँकी बुहारी ३२ वर्षिया पवित्रा विक भने घरवाट पहिरो झर्ने वित्तिकै भागेर बाँच्न सफल हुनुभएको छ ।
अहिले वेपत्ता दम्पितिको खोजी भइरहेको मोदी गाउँपालिका वडा ३ का वडा सदस्य सन्तोष विकले जानकारी दिनुभयो ।
प्रकाशित मिति: आइतबार, साउन ४, २०८२