काठमाडौँ । पछिल्लो १ घण्टाको विवरण अनुसार मधेस प्रदेशको धनुषा र महोत्तरी सीमा क्षेत्रमा सबैभन्दा धेरै पानी परेको छ ।
महोत्तरीको रामचन्द्र टोलमा पछिल्लो एक घण्टामा २९ दशम्लव २ मिलिमिटर पानी परेको छ ।
अहिले मधेसका प्राय सबैजसो जिल्लामा पानी परेको भए पनि धेरै पानी भने महोत्तरीको रामचन्द्र टोलमा परेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
धनुषा जिल्ला स्थित तुलसी वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यम खालको पानी परेको र थप पानी पर्ने सम्भावना रहेकाले त्यस क्षेत्र भएर बग्ने स-साना खोलामा आकस्मिक बहाब बढ्न सक्ने रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
प्रकाशित मिति: आइतबार, साउन ४, २०८२