काठमाडौँ । दाङका सञ्चार उद्मी देवीप्रसाद धिताल 'हेमराज' का हत्याराई कारबाहीको माग गर्दै गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराइएको छ ।
हेमराजका भाइ पुष्कर धितालको तर्फबाट रेडियो तुलसीपुरका स्टेशन प्रमुख अर्जुन गिरी, प्रेस चौतारीका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सहईन्चार्ज गणेश आचार्यले आज गृहमन्त्री लेखकलाई भेटेर संयुक्त रुपमा ध्याकर्षण पत्र बुझाउनुभएको हो ।
रेडियो तुलसीपुरका अध्यक्ष रहेका हेमराजको २०६७ साल साउन ६ गते अपरान्ह तुलसीपुर १२ जसपुरमा अज्ञात समूहले गोली हानी हत्या गरेको थियो ।
ध्याकर्षण पत्र बुझ्दै गृहमन्त्री लेखकले अपराधीलाई कारबाही गर्नु राज्यको कर्तव्य भएको भन्दै सञ्चार उद्दमी हेमराजका हत्यारा पत्ता लगाएर कारबाही गर्न प्रहरीलाई निर्देशन दिने प्रतिबद्वता जनाउनुभयो ।
हत्याराको पहिचानगरी कार्वाही गरिने गृहमन्त्री लेखकले बताउनुभयो ।
'१५ वर्षसम्म पनि सञ्चार उद्दमीका हत्यारा पत्ता नलाग्नु दु:खद हो ।' गृहमन्त्री लेखकले भने 'ढुक्क हुनुस, यस घटनालाई तत्काल गम्भीर अनुसन्धान गरी कारबाही गर्न आइजीपीलाई निर्देशन दिन्छु ।'
यो घटना अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले गरिरहेको छ । सिआईबीले अनुसन्धान थाले पनि अनुसन्धानमा उपलब्धि भने शून्य भएको मृतक हेमराजका भाई पुष्करको गुनासो छ ।
उहाँका अनुसार प्रहरीले हालसम्म हत्याराको स्केचसमेत तयार पार्न सकेको छैन् ।
प्रकाशित मिति: शनिबार, साउन ३, २०८२