काठमाडौँ । नेपालमा बितेको एक वर्षमा सवारीसाधन दुर्घटनामा साढे २ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
नेपाल प्रहरीको तथ्याङ्कअनुसार गएको आर्थिक वर्ष २०८१/८२ मा २८ हजार ६ सय ९२ वटा सवारीसाधन दुर्घटना हुदाँ २ हजार ५ सय ४९ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या सवैभन्दा धेरै मधेश प्रदेशमा छ । यस्तो गम्भीर अवस्थाका बाबजुद पनि सरकारले सवारी दुर्घटना रोकथामका लागि पहल नथालेको गुनासो सरोकारवाला निकायको छ ।
दुर्घटना रोकथामका लागि सरकारले ट्राफिक नियमको कडाइ, सार्वजनिक सवारीसाधनको जाँच र ग्रामीण सडकहरूमा सुधार गर्नुपर्ने सुझाव उनीहरूको छ ।
दुर्घटना कम गर्ने योजनाबारे सीआईएनसँग कुरा गर्दै केन्द्रीय प्रहरी प्रवक्ता विनोद घिमिरेले नियमित जाँच र लामो दुरीका सवारी साधनमा दुई जना चालकको व्यवस्थामा कडाइ गरिएको बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, साउन ३, २०८२