बैतडी । बैतडीमा आज बिहान भएको जीप दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
धनगढीबाट दार्चुलाको गन्नातर्फ जाँदै गरेको सुप प्र ०४ ००१ ज १३७२ नम्बरको जीप दुर्घटना हुँदा डिलासैनी गाउँपालिका–१ का चालकसमेत रहेका २४ वर्षीय सन्तोषबहादुर राना र सोही ठाउँका ३२ वर्षीय किरण बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।
जीपमा चढेका अन्य ६ जना घाइते भएका छन् ।
डिलासैनी–१ का ४५ वर्षीय रामकुमार राना, २१ वर्षीय भागरती खत्री, उहाँकी २ वर्षकी छोरी एलिसा, २१ वर्षका हेमन्त प्रसाद भट्ट, २७ वर्षीय राजेन्द्रबहादुर खत्री र ५१ वर्षीय कलमा धामी घाइते भएको प्रहरी निरीक्षक पाण्डेयले बताउनुभयो ।
राजेन्द्र र कलमालाई थप उपचारका लागि धनगढी रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
आज बिहान करिब साढे ५ बजेको समयमा बैतडी पाटन ६ स्थित खिपालीमा जीप दुर्घटनामा परेको हो । जीप सडकबाट करिब १०० मिटर तल खसेको थियो ।
प्रकाशित मिति: शनिबार, असार २८, २०८२