काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र बागमती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।
उच्चपहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम पानी पर्ने र हिउँ पर्ने सम्भावना रहेको महाशाखाले निकालेको सूचनामा उल्लेख छ ।
महाशाखाका अनुसार आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बादल लाग्ने छ ।
बाँकी भूभागमा आंशिकदेखि साधारणतया बादल लाग्ने छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका एकदुई स्थानमा ठूलोदेखि अति ठूलो पानी पर्न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
प्रकाशित मिति: आइतबार, असार २२, २०८२