काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल स्याङ्जा, पर्वत, तनहुँ र कास्की जिल्ला आसपास मेघगर्जन/चट्याङ्ग् सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
उक्त वर्षा गराउने प्रणाली विस्तारै पूर्वतर्फ सरिरहेकोले गोर्खा, धादिङ आसपासका केही स्थानहरूमा अझैँ केही समय मेघगर्जन/चट्याङ्ग्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२