काठमाडौँ । २५ सय ६९औँ बुद्ध जयन्तीको अवसरमा आज लुम्बिनीमा विशेष समारोहको आयोजना गरिएको छ ।
समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने कार्यक्रम तय भएको छ ।
मायादेवी मन्दिर परिसर, पुष्करिणी पोखरी र वरपरका क्षेत्रहरूलाई रङ्गीबिरङ्गी बनाइएको छ । लुम्बिनी विकास कोषले लुम्बिनी क्षेत्रमा विशेष सरसफाइ पनि गरेको छ ।
कोषका अनुसार आज लुम्बिनीमा विशेष पूजाआजा, प्रार्थना र शान्ति र्यालीको आयोजना गरिएको छ । बुद्ध जयन्तीको मुख्य समारोह अन्तरराष्ट्रिय बौद्ध सम्मेलन केन्द्रमा हुने कोषले जनाएको छ ।
बुद्ध जयन्तीको अवसरमा सरकारले आज देशैभर सार्वजनिक बिदा दिएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२