काठमाडौँ । भारत र पाकिस्तान तत्काल युद्धबिराम गर्न सहमत भएका छन् ।
भारतीय विदेश सचिव विक्रम मिरश्रीले आज आयोजित नियमित पत्रकार सम्मेलनमा भारत र पाकिस्तान बीच संघर्षविरामको सहमति भएको जानकारी दिनुभयो ।
पाकिस्तानी सेनाका उच्च अधिकारीले दिउँसो साढे ३ बजेपछि भारतीय समकक्षीलाई फोन गरेको र दुबै पक्षबीच आजै साँझ ५ बजेदेखि दुबै पक्षले जमिन, हावा र समुद्रमा सबै प्रकारको आक्रमण रोक्ने र सैन्य गतिविधि रोक्ने सहमति भएको विदेश सचिव मिश्रीले जानकारी दिनुभयो ।
दुबै देशका सैन्य अधिकारीले पर्सि थप संवाद गरेर थप निर्णय लिने भारतको भनाइ छ ।
आजै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान पूर्ण रुपमा युद्धबिरामका लागि सहमत भएको सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको थियो ।
पाकिस्तानले भने युद्धबिरामका लागि २ दर्जनभन्दा धेरै मुलुकले समन्वय गरेको बताएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२