काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल कोशी प्रदेशअन्तर्गत चार जिल्लाका समितिले अधिवेशनको कार्यतालिका सार्वजनिक गरेका छन् ।
प्रदेशअन्तर्गतका धनकुटा, सङ्खुवासभा, मोरङ र सुनसरी जिल्ला समितिको अधिवेशनको कार्यतालिका सार्वजनिक गरिएको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।
जसअनुसार धनकुटा जिल्ला समितिको अधिवेशन शुक्रबार (वैशाख २६ गते) हुने भएको छ ।
शनिबार सङ्खुवासभा जिल्ला समितिको अधिवेशन हुने छ भने यही वैशाख २९ र ३० गते जसपा नेपालको मोरङ जिल्ला अधिवेशन हुने कार्यतालिका रहेको छ ।
वैशाख ३० र ३१ गते सुनसरी जिल्ला अधिवेशनको आयोजना गरिने जनाइएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२