काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पश्चमिी भू(भागका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
मेघगर्जनरचट्याङ्गसहति वर्षा गराउने बादल पश्चमिबाट नेपाल प्रवेश गररिहेकोले अझैँ सुदूरपश्चमि प्रदेश, कर्णाली प्रदेश र लुम्बनिी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्गसहति वर्षा हुने सम्भावना देखएिकोले आवश्यकत सतर्कता अपनाउनु महाशाले अनुरोध गरेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाउँदै महाशाखाले कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू– भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
आज राति कोशी ,गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
कोशी र गण्डकी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२