काठमाडौँ । गृहमन्त्री रमेश लेखकले काठमाडौँ उपत्यकासहित देशभरमा बाढी, पहिरो र डुबानमा परेकाहरूको उद्धार तथा पुनर्स्थापनामा राज्यको सबै शक्ति परिचानल गरिएको बताउनुभएको छ ।
जोखिममा परेकाहरूको उद्धार र राहतमा सरकार गम्भीर रहेको उल्लेख गर्दै उहाँले आफू सुरक्षित रहँदै जोखिममा परेका वा पीडितको सहयोगमा जुट्न पनि सबैलाई अनुरोध गर्नुभएको छ ।
केन्द्रीय सुरक्षा समितिको आज बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै काठमाडौँ उपत्यकाबाट मात्रै साढे ७ सयभन्दा धेरै नागरिकको उद्धार गरिएको जानकारी दिनुभयो ।
बाढीपहिरो र डुबानमा परी जनधनको क्षति भएको, सडक, पुल पुलेसाहरू बगेका कारण जनजीवन अस्तव्यस्त रहेकाले अवस्थालाई सामान्य बनाउनका लागि सरकारले कोसिस गरिरहेके उहाँको भनाइ छ । उद्धार, राहत र घाइतेको उपचारमा सरकारले कुनै कसर बाँकी नराख गम्भीर रहेको बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, असोज १२, २०८१, १५:१०