काठमाडौँ । देशभरिका सामुदायिक रेडियोहरूको छाता सङ्गठन, सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालको आगामी कार्यसमितिका लागि आज निर्वाचन हुने भएको छ ।
दिउँसो १ बजेपछि हुने मतदानबाट कार्यसमितिका पदाधिकारीको टुङ्गो लाग्ने निवर्तमान महासचिव किशोरजङ्ग थापाले जानकारी दिनुभयो ।
यद्यपी केन्द्रीय अध्यक्षसहितका पदाधिकारी तथा प्रदेश पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन् ।
अध्यक्षमा अर्जुन गिरी निर्विरोध निर्वाचित हुनुभएको छ । ललितपुरमा चलिरहेको अकोराबको १८ औँ वार्षिक साधारण सभा एवं आठौँ अधिवेशनबाट गिरी अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक सुवोध बाबु चिलुवालले जानकारी दिनुभयो ।
गिरी अकोराबको निवर्तमान अध्यक्ष हुनुहुन्थ्यो ।
अकोराबको वरिष्ठ उपाध्यक्षमा गोविन्द देवकोटा, उपाध्यक्ष मधेसीमा नविन नरसिंह नेपाली, उपाध्यक्ष दलितमा गोपाल बराइली, महासचिवमा बन्दना दनुवार, सविचमा भक्त स्याङ्तान सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
अकोराबका पदाधिकारीमध्ये उपाध्यक्ष महिला पदमा मिना गुरुङ र खेमकुमारी पोखरल, उपाध्यक्ष आदिवासीमा मिलन गाहा, पुष्पा चौधरी र कोषाध्यक्ष पदमा तुला अधिकारी, रामनारायण सुवेदीको उम्मेदवारी परेको छ ।
४ जना केन्द्रीय सदस्य खुल्लातर्फ ८ जनाको उम्मेदवारी परेको छ भने ३ जना केन्द्रीय सदस्य महिला पदका लागि ५ जनाको उम्मेदवारी परेको छ ।
२ जना केन्द्रीय सदस्य मधेसी/मुस्लिम पदका लागि ३ जना, २ जना केन्द्रीय सदस्य जनजाति पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । १ जना केन्द्रीय सदस्य दलित पदमा हेमन्तबहादुर बिके निर्विरोध निर्वाचित हुनुभएको छ ।
केन्द्रीय सदस्य (अल्पसङ्ख्यक/फरक लैङ्गिक/शारीरिक क्षमता भएको) मा भने उम्मेदवारी परेको छैन । केन्द्रीय लेखा समिति संयोजकमा सङ्गीत बस्याल, सदस्यहरूमा जीवन लामा र हरि न्यौपाने सर्वसम्मत निर्वाचित हुनुभएको छ । केन्द्रीय सदाचार समितिको संयोजकमा टीकाजङ्ग थापा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
सदाचार समितिको सदस्य २ पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । अकोराबको प्रदेश समितितर्फ कोशी प्रदेश अध्यक्षमा टेकबहादुर खड्का सर्वसम्मत निर्वाचित हुनुभएको छ । उपाध्यक्ष महिला, सचिव, कोषाध्यक्ष, सदस्य महिला र खुल्लासँगै लेखा समित संयोजक, २ सदस्य पदका लागि उम्मेदवारी परेको छैन ।
मधेस प्रदेशमा अध्यक्ष पदका लागि ३ जनाको उम्मेदवारी परेको छ भने १ जना प्रदेश सचिव पदका लागि २ जना, कोषाध्यक्ष पदका लागि २ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्ष महिला पदमा भने रिना आले सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
प्रदेश सदस्य महिलातर्फ कसैको उम्मेदवारी परेको छैन भने २ जना प्रदेश सदस्य खुल्लामा सर्वसम्मत निर्वाचित भएका छन् । लेखा समिति संयोजकमा प्रह्लाद साह सर्वसम्मत निर्वाचित हुनुभएको छ । तर २ जना सदस्य पदमा भने उम्मेदवारी परेको छैन ।
बागमती प्रदेश अध्यक्ष पदका लागि २ जनाको उम्मेदवारी परेको छ भने उपाध्यक्ष महिला पदमा उम्मेदवारी परेको छैन । प्रदेश सचिव १ पदका लागि २ जनाको उम्मेदवारी परेकामा कोषाध्यक्ष पदमा २ जनाको उम्मेदवारी परेको छ । प्रदेश महिला सदस्यमा उम्मेदवारी परेको छैन भने खुल्लातर्फ २ जना पदका लागि ३ जनाको उम्मेदवारी परेको छ ।
बागमती प्रदेश लेखा समिति संयोजकमा २ जनाको उम्मेदवारी परेकामा २ जना लेखा समिति सदस्य पदका लागि उम्मेदवारी परेको छैन ।
गण्डकी प्रदेश अध्यक्षमा ओमकार आचार्य निर्विरोध निर्वाचित हुनुभएको छ । प्रदेश उपाध्यक्ष महिलामा शान्त थापा, प्रदेश सचिव १ जना पदका लागि २ जनाको, सचिव १ पदका लागि २ जना, काषाध्यक्ष पदमा तीर्थ केसी सर्वसम्मत हुनुभएको छ ।
प्रदेश महिला सदस्य पदमा उम्मेदवारी परेको छैन भने गण्डकी प्रदेश सदस्य खुल्ला पद २ जनाका लागि शिवकुमार श्रेष्ठको मात्रै उम्मेदवारी परेको छ । प्रदेश लेखा समिति संयोजक र सदस्यमा उम्मेदवारी नै परेको छैन ।
लुम्बिनी प्रदेश अध्यक्ष पदमा नविन केसी निर्वाचित हुनुभएको छ । उपाध्यक्ष महिला रीमा सोमै, प्रदेश सचिव १ पदका लागि ३ जना, लुम्बिनी कोषाध्यक्षमा प्रकाश घिमिरे निर्वाचित हुनुभएको छ ।
लुम्बिनी प्रदेश सदस्य महिलामा उम्मेदवारी परेको छैन भने प्रदेश सदस्य खुल्ला २ पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । प्रदेश लेखा समितितर्फ कसैको उम्मेदवारी परेको छैन ।
कर्णाली प्रदेश अध्यक्ष पदमा प्रतीक इच्छुक शर्मा निर्वाचित हुनुभएको छ । उपाध्यक्ष महिलामा प्रिमा कुमारी वि.क, सचिवमा यामलाल कँडेल, कोषाध्यक्ष पदमा बालकुमार शर्मा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
प्रदेश सदस्य महिलामा उम्मेदवारी परेको छैन भने प्रदेश सदस्य खुल्लामा १ जना निर्वाचित हुनुभएको छ । लेखा समिति संयोजकमा कमलकुमार रावत निर्वाचित हुनुभएको छ । सदस्य पदमा उम्मेदवारी परेको छैन ।
सुदूरपश्चिम प्रदेश अध्यक्ष पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्ष महिला पदमा प्रतीक्षा थापा, सचिवमा अमरराज भट्टराई, कोषाध्यक्ष पदमा विक्रमबहादुर खड्का निर्वाचित हुनुभएको छ ।
सदस्य महिला पदमा उम्मेदवारी परेको छैन भने सदस्य खुल्लामा ध्रुवराज ओझा र लक्ष्मण बि.सी निर्वाचित हुनुभएको छ । लेखा समिति संयोजकमा ३ जनाको उम्मेदवारी परेको छ भने सदस्य पदमा उम्मेदवारी परेको छैन ।
प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१, ०९:२१