काठमाडौँ । सरकारी कार्यालयमा खाजा खाने समय ३० मिनेट कायम भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकस्तरबाट ६० मिनेटको खाजा खाने समयका बारेमा गुनासो आएपछि आधा कम गरिएको जानकारी दिनुभएको छ ।
३० मिनेट तोकिएको खाजा खाने समयको पालना नभएको पाइएमा "हेलो सरकार" मा गुनासो गर्न पनि प्रधानमन्त्रीले अनुरोध गर्नुभएको छ ।
ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, " सरकारी कार्यालयमा कर्मचारीहरुको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको छ। खाजा पनि खानु पर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन। कतिपय सरकारी कार्यालयमा खाजा समय एक घण्टा लिने गरेको पाइएकोले त्यसबाट घटाएर हरेक दिन १.३० देखि २ बजेसम्म कायम गरिएको छ। कार्यालयको खाजा समयबारे यदि यस नियमलाई उल्लङ्घन गरेको पाइएमा हेल्लो सरकारमा कम्प्लेन गर्न अनुरोध छ।"
प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१, ०७:३४