काठमाडौँ । बेलायतमा काम गर्न इच्छुक नेपाली नर्सहरुका लागि आजदेखि आवेदन खुला गरिएको छ ।
हिजो काठमाडौमा एक कार्यक्रम गरेर बेलायतको स्वास्थ्य सेवामा नेपाली नर्सलाई पदस्थापन गर्ने सम्बन्धमा श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय र ब्रिटीस राजदुतावासले आवेदन खुला गरिएको जानकारी दिएका हुन् ।
९० दिनको समयावधि राखेर आवेदन खुला गरिएको ५ ।
मन्त्रालयको वेब साइडमा रहेको forms.dofe.gov.np मा आवेदन दिन सकिने छ ।
आवेदन दिनका लागि नेपालको नर्सिङ काउन्सिलमा रजिष्टर भएका, कम्तीमा तीन वर्षको नर्सिङ कोर्षमा पीसीएल वा बीएन सरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने, यस पेशामा दुई वर्ष काम गरेको अनुभव हुनुपर्ने मापदण्ड छ ।
आवेदन दिएर छनौटमा परेका नर्सहरुले आइईएलटीएस मा न्युनतम ७ अङ्क अनिवाय ल्याउनु पर्नेछ ।
उनीहरुको छनौट प्रक्रिया जी टू जी प्रक्रिया बामेजिम नेपालको बैदेशिक रोजगार विभाग र बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसियल केयरले गर्नेछन् ।
पहिले चरणमा एक सय जना नर्सलाई बेलायत पठाइने छ ।
प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०