काठमाडौँ । परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज देशभर मनाइँदैछ ।
विशेषगरि नेवारी समुदायको बसोबास रहेको जिल्लासहित देशभर प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा दिवङ्गत व्यक्तिको सम्झनामा गाइजात्रा मनाइन्छ ।
पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ-आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी राजा प्रताप मल्लले आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको परम्परागत मान्यता छ ।
यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने भनाइ छ ।
प्रताप मल्लको पालादेखि प्रचलनमा आएको भनिने गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि जारी छ ।
यस वर्ष जनैपूणर्िमा र गाईजात्रा पर्व एकै दिन परेको छ । पर्वको अवसरमा आज सरकारले देशभर सार्वजनिक विदा दिएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २७, २०७९, ०९:२०