काठमाडौँ । इन्द्रचोक, काठमाडौँ पुरानो र ब्यस्त बजार हो । बिहानैदेखि यहाँका गल्लीहरूमा भीडभाड लाग्छ ।
नुनदेखि सुनसम्मको व्यापार हुने ठाउँ भएकाले काठमाडौँका अधिकांश मानिस किनमेल गर्न असन आइपुग्छन् ।
त्यही भीडमा भेटिनुभयो, काभ्रे चौरीदेउरालीका लिलानाथ गौतम ।
उमेरले ६७ वर्र्ष पुग्नुभएका गौतम हातमा नाम्लो बोकेर बस्नुभएको थियो । भारी पाउने प्रतिक्षामा पसलको पेटीमा बस्नुभएका गौतमले यही ठाउँमा भारी बोक्न थालेको ३० वर्ष बितिसकेछ ।
भारी बोक्न ९ बजे घरबाट निस्कनुभएका गौतमले दिउँसोकोे ३ बज्दा बल्लबल्ल २ वटा भारी बोकेर जम्मा २ सय कमाउनुभएको थियो ।
६७ वर्षको उमेर पुग्दा पनि भारी बोकेर उहाँले परिवार पाल्दै आएको बताउनुभएको छ ।
अहिले कोरोना महामारीका बेला भारी धेरै नपाइएकाले खर्च जोहो गर्न ग्राहो भएको उहाँको भनाइ छ ।
भारी बोकेर ६ जनाको परिवार पालिरहनुभएका गौतमलाई अब आराम गरेर घरमै बसौँ भन्ने लाग्दैन ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो । ‘आराम गरौँ भन्ने त लाग्छ नि तर के गर्ने घरमा सानासाना नातीनातीना छन् । उनीहरूले चाहेको कुरा दिनुपर्यो । मैले कमाएन भने उनीहरूलाई के दिने, आफूहरूले के खाने ग्राहो छ ।’
कोरोनाका कारण छोराले रोजगारी गुमाएपछि सबै परिवारलाई पाल्ने जिम्मेवारी गौतमलाई छ ।
सामान्य अवस्थामा दिनभरि भारी बोकेर २५ सयसम्म कमाउने भए पनि अहिले दैनिक ५ सयसम्म कमाउने गरेको गौतम बताउनुहुन्छ ।
भरियाहरूकै बीचमा हुनुहुन्थ्यो, काभ्रेकै केशव दाहाल । दाहाल १२ वर्षअघि काठमाडौँ आउनुभएको रहेछ ।
काठमाडौँको असन, इन्द्रचोक, न्यूरोडका गल्लीहरूमा मात्रै ५ सय भन्दा बढी भरियाहरू छन् । उनीहमध्ये अधिकांशले होलसेल पसलहरूबाट बिक्री भएका सामान भोटाहीटी र बसपार्कसम्म पुर्याउने काम गर्छन् ।
वैदेशिक रोजगारीमा जाने योजना बनाएर राजधानी छिरे पनि मनले देश छोड्न मानेन् । अनि उहाँको जीविका चलाउने माध्यम बन्यो, नाम्लो र बडेमानको भारी ।
दलाललाई पैसा बुझाएर विदेशमा दुख गर्नभन्दा नेपालमा नै दुख गर्न सहज हुने उहाँ बताउनुहुन्छ । भारी बोक्न कतिपय भरियाहरु बिहान ४ बजे नै न्यूरोड, इन्द्रचोक, असन लगायतका गल्लिमा आउने गरेको छन् ।
तर केशव नरदेवीबाट बिहानको खाना खाएपछि भारी खोज्न इन्द्रचोक आउनुहुन्छ । श्रीमती र ३ छोराछोरीसहित दाहालको ५ जनाको परिवार छ ।
उहाँ भन्नुहुन्छ ‘कोरोना महामारीका कारण पहिले जस्तो भारी पाइँदैन, भारी पाइहाले पनि पसलका साहूहरूले चिनेजानेकालाई मात्र दिने गर्छन्, दिनभरि पेटीमा बसेर कुर्नुपर्छ, कहिलेकाहीँ त भारी नै नपाएर फर्कनुपर्ने अवस्था पनि आउँछ ।’
पहिलो लकडाउनमा काम नपाएपछि दाहाल परिवार लिएर काभ्रे नै र्फकनुभयो । कमाइ नभएपछि घरभाडा तिर्न पनि अप्ठारो परेको उहाँ सुनाउनुहुन्छ ।
‘महिनाको ६ हजार कोठाभाडा तिर्नुपर्छ, बालबच्चा पढाउने र दैनिक खर्च पुर्याउन पर्यो,पहिले जस्तो कमाई छैन । भरियालाई भारी बोकेर पेट पाल्न पनि ग्राहो भयो यो महामारीले गर्दा अहिले ।’ दाहालले बताउनुभयो ।
सामान्य अवस्थामा भारी बोकेर पनि दाहाले परिवारको खर्च कटाएर दिनको ५ सय बचत समेत गर्नुहुन्थो । तर अहिले दैनिक खर्च जुटाउन समेत धौधौ पर्ने उहाँको भनाइ छ ।
गौतम र दाहालले झैँ दोलखाका प्रेम प्रधानले पनि गाउँमा खेती किसानी गरेर परिवार पाल्दै आउनुभएको थियो । तर कोरोनाले कमाइ घट्दै गएपछि एक महिनाअघि उहाँ काठमाडौँ आउनुभएको रहेछ ।
रोजगारी गुमाउनेहरूमा भरियाहरु पनि छन् । भरियाको काम गर्नेहरूले न त बोक्नका लागि भारी पाएका छन्, न त कतैबाट सहयोग । जीविका चलाउनै मुस्किल पर्दा पनि सरकारी निकायले वास्ता नगरेको पीडा उनीहरू सुनाउँछन् ।
काठमाडौँमा बस्ने दिदीभिनाजुले यता कमाइ हुन्छ भनेपपछि आएको उहाँले बताउनुभयो । त्यसपछि उहाँले पनि भरियाको काम सुरु गर्नुभयो । अरु भरियाभन्दा प्रधान नयाँ हुनुहुन्छ चिनेजानेका साहु पनि छैनन् ।
त्यसैले काम पाउन उहाँलाई ग्राहो भइरहेको छ । उहाँ भन्नुहुन्छ ‘काठमाडौँ आएर कमाइ गरौँला भनेको त यँहा पनि उस्तै रहेछ । जान्नेले कमाउँछन् नजान्नेलाई दुख मात्रै रहेछ । कमाई भएको छैन ।’
काठमाडौँको असन, इन्द्रचोक, न्यूरोडका गल्लीहरूमा मात्रै ५ सय भन्दा बढी भरियाहरू छन् । उनीहमध्ये अधिकांशले होलसेल पसलहरूबाट बिक्री भएका सामान भोटाहीटी र बसपार्कसम्म पुर्याउने काम गर्छन् ।
कोरोना महामारीमा भरियाको काम गर्नेहरु बढेका छन् भने काम घटेको भरिया कुमार गौतम बताउनुहुन्छ ।
केन्द्रीय तथ्याङ्क विभागको एक वर्षअघिको श्रमशक्ति सर्वेक्षण अनुसार नेपालमा १५ वर्ष वा सो भन्दा बढी उमेर समूहको जनसङ्ख्या २ करोड ७ लाख ४४ हजार छ ।
त्यसमध्ये ७० लाख ८६ हजार जनसङ्ख्या रोजगारीको क्षेत्रमा संलग्न देखिन्छ । तर कोरोना महामारीका कारण असङ्गठित क्षेत्रमा काम गर्ने २५ लाख भन्दा बढीको रोजगारी गुमेको अनुमान गरिएको छ ।
रोजगारी गुमाउनेहरूमा भरियाहरु पनि छन् । भरियाको काम गर्नेहरूले न त बोक्नका लागि भारी पाएका छन्, न त कतैबाट सहयोग । जीविका चलाउनै मुस्किल पर्दा पनि सरकारी निकायले वास्ता नगरेको पीडा उनीहरू सुनाउँछन् ।
प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८, ०९:१४