पर्वत । पहाडी जिल्लाहरूमा चियाखेतीको सम्भावना भएर पनि यसको व्यावसायिक खेती बिस्तारमा चासो गएको देखिन्न । तर पर्वतमा भने परीक्षण सफल भएपछि यहाँको महाशिला गाउँपालिकाले चिया खेती बिस्तार गर्न थालेको छ ।
गाउँपालिकाको पहलमा व्यावसायिक चिया खेतीबाट तयारी चिया उत्पादन गर्न थालिएको हो । बाँझो रहेको खेत र जङ्गलको छेउछाउमा चियाका बिरुवा रोप्ने काम धमाधम भइरहेको छ ।
स्थानीय अन्य परम्परागत बालीभन्दा चियाको उत्पादन राम्रो हुने भन्दै खुशी भएका छन् । महाशिला ६ फलामखानीमा ६० रोपनी जग्गामा लगाइएको चिया बगानबाट यसवर्ष तयारी चिया उत्पादन भएको छ ।
फलामखानीमा चिया सफल भएपछि यो वर्ष खेतीपाती नगरिएको खाली जमिन र बाँदरले हैरान पार्ने स्थानमा चिया खेती गर्ने कार्यक्रम रहेको महाशिला गाउँपालिकाको आर्थिक समितिका संयोजक ईश्वरीप्रसाद भुसालले जानकारी दिनुभयो ।
‘गतवर्ष ५० हजार बिरुवा रोपियो,’ भुसालले भन्नुभयो,‘ यो वर्ष थप क्षेत्र विस्तार गरेर ५० हजार बिरुवा रोप्ने तयारी छ । हाम्रोमा बाँझो रहेको भूगोल धेरै छ । बाँदरले बाली खाएर हैरान हुने क्षेत्र पनि धेरै छ । त्यस्ता क्षेत्रमा चिया खेती गर्ने कार्यक्रम छ ।’
२६ वर्ष अगाडिसम्म फलाम उत्खनन गरेर जीविका चलाएका स्थानीय फलामखानी बन्द भएपछि आयस्रोत बाट वञ्चित भए । तत्कालीन जिविसले फलामखानीबाट पिस्थापित दलित समुदायलाई चियाखेतीमा लगाउने योजना बनायो । तर यो योजना सफल हुन सकेन ।
महाशिला गाउँपालिकाले चियाको प्रचारात्मक अभियानसमेत चलाएको छ । ‘अहिले हामीले यहाँका सरकारी कार्यालय, विद्यालय र होटलमा यहीँ उत्पादित चिया प्रयोग गर्न अनिवार्य गरेका छौँ ।,’ महाशिलाका अध्यक्ष राजुप्रसाद पौडेलले भन्नुभयो ।
स्थानीय तहमा जनप्रतिनिधि आएपछि अहिले यो योजना सफल भएको महाशिला ६ फलामखानीका अध्यक्ष रामबहादुर सुनारले बताउनुभयो ।
फलामखानीबाट विस्थापित भएका दलित समुदाय चिया खेतीमा आकर्षित भएका छन् । अध्यक्ष सुनारले खेती विस्तारमा दलित समुदायको प्रत्यक्ष सहभागिता रहेको बताउनुभयो ।
‘यहाँको फलामखानीमा ७० परिवार आश्रित थिए ।,’ अध्यक्ष सुनारले थप्नुभयो,‘खानी बन्द भएपछि आम्दानी गुमेका परिवार अहिले चियाखेतीमा संलग्न छन् ।’ सुरुकै आर्थिक वर्षको नीति तथा कार्यक्रममा गाउँपालिकाले चिया खेती प्रबद्र्धन कार्यक्रम समावेश गरेको थियो ।
गाउँपालिकाको योजना अनुसार फलामखानीको जङ्गलमा ६० रोपनी जमिनमा चियाको बगान बनाइएको छ । बगानमा चियाको वयष्क बोटसँगै विरुवा पनि हुर्काउन थालियो ।
अहिले आएर यहाँ तयारी चिया उत्पादन हुने गरेको छ भने बंगैचामा चियाका विरुवा पनि उत्पादन भइरहेका छन् । किसानलाई चिया खेतीमा प्रेरित गर्न गाउँपालिकाले अनुदानसमेत दिने गरेको छ ।
उनीहरूलाई वागवानी विकास र प्रशोधन सम्बन्धी तालिम पनि निरन्तर सञ्चालन हुँदै आएको छ ।
चियाखेतीको क्षेत्र विस्तार भएर व्यावसायिक उत्पादन गर्न सके स्थानीयस्तरमा रोजगारी सृजना हुने र मनग्ये आर्थिक उपार्जन हुने स्थानीयको अपेक्षा छ । स्थानीय फुलमाया नेपालीले परम्परागत बालीभन्दा चियामा दोब्बर आम्दानी हुने आशा रहेको सुनाउनुभयो ।
महाशिला गाउँपालिकाले चियाको प्रचारात्मक अभियानसमेत चलाएको छ । ‘अहिले हामीले यहाँका सरकारी कार्यालय, विद्यालय र होटलमा यहीँ उत्पादित चिया प्रयोग गर्न अनिवार्य गरेका छौँ ।,’ महाशिलाका अध्यक्ष राजुप्रसाद पौडेलले भन्नुभयो,’ चिया खेतीले हामी उत्साहित छौँ । यसको स्वाद पनि गुणस्तरीय पाइयो ।
१८ सय मिटरको उचाइमा रहेको महाशिला गाउँपालिकामा चियाका लागि उपयुक्त हावापानी रहेको कृषि प्राविधिक बताउँछन् । तर संरक्षण,प्रवद्र्धन, प्रसोधन तथा वितरणमा प्रदेश र सङ्घ सरकारको सहयोग आवश्यक रहेको गाउँपालिकाले जनाएको छ ।
‘यो सानो लगानी र सानो क्षेत्रमा गरेर फाइदा हुने रहेन्छ ।,’ कृषि ज्ञान केन्द्रका प्रमुख मनिता थापाले भनिन्,‘ यसलाई प्रसोधन देखि बजारीकरण सम्मको संरचना विकास गर्न ठूलो खर्च आवश्यक पर्ने भएकाले प्रदेश र सङ्घ सरकारले पनि सघाउनुपर्ने आवश्यक देखिन्छ ।’
चियाखेतीको क्षेत्र विस्तार भएर व्यावसायिक उत्पादन गर्न सके स्थानीयस्तरमा रोजगारी सृजना हुने र मनग्ये आर्थिक उपार्जन हुने स्थानीयको अपेक्षा छ । स्थानीय फुलमाया नेपालीले परम्परागत बालीभन्दा चियामा दोब्बर आम्दानी हुने आशा रहेको सुनाउनुभयो ।
बाँझो रहेको जमिन गाउँपालिकाले भाडामा लिएर चिया लगाउने कार्यक्रम तय गर्नुपर्ने सुझाव उहाँको छ । गाउँमा बसाईसराईका कारण जमिन बाँझिदै गएको छ । बाँदरले हैरान पारेर कतिपयले अन्नवाली लगाउनै छोडेका छन् ।
बाँदरले चियामा नोक्सान नगर्ने भएकाले अन्नबाली लगाउने ठाउँमा चियाखेती गर्नुपर्ने किसानहरूण्ण्ले बताएका छन् ।
यसबारेको अडियो सुन्नुहोस्ः
प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८, ०८:१२