कोभिड-१९ को महाव्याधिले शिक्षामा प्रभाव पारेको बेलामा गत वर्ष सीआईएनले घरमा बसेका विद्यार्थीहरूका लागि सामुदायिक रेडियोहरूमार्फत शैक्षिक कार्यक्रम सञ्चालन गरेको थियो । यसबाट विद्यार्थीलाई पठनपाठनमा सजिलो भएको थियो ।
यो कामलाई अन्तराष्ट्रिय जगतले प्रशंसा गर्यो । बिद्यार्थीलाई मात्रै होइन, सबैलाई यो विपत्तिको सामना गर्नको लागि आवश्यक सूचना र जानकारी रेडियोले नै दिइरहेका छन् । हरेक विपत्तिमा जस्तै कोभिडको सङ्कटमा पनि रेडियो दूरदराजका नागरिकको साथी भएका छन् ।
देशैभरिका सामुदायिक रेडियोका रेडियोकर्मीहरूले समुदायमा भएका समस्या समाधान, नागरिकका प्रश्न, जिज्ञासाको समाधान गर्ने प्रयत्न गरिरहेका छन् ।
तिनै सामुदायिक रेडियोले उठाएका स्थानीय नागरिकका सवाललाई मूलप्रवाहिकरण गर्ने र सरकार अनि सरोकारवालामार्फत समाधान गर्ने साझा सञ्जालको रुपमा सामुदायिक सूचना नेटवर्क (सीआईएन) ले काम गरिरहेको छ ।
देशभरि खुलेका सामुदायिक रेडियोहरूका लागि केन्द्रको समाचार तथा सूचनाको सहज पहुँच बनाउन र स्थानीय सवालहरूलाई केन्द्रसम्म ल्याएर नीतिगत समाधान गराउनको लागि २०६६ जेठ १५ गतेबाट सीआईएनको सुरुवात गरिएको थियो ।
तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले सीआईएनको उद्घाटन गर्दै सीआईएनले संविधान निर्माणका क्रममा जनताका सवाल संविधानसभासम्म ल्याउन सहयोग पुर्याउने विश्वास व्यक्त गर्नु भएको थियो ।
उहाँले भने जस्तै सीआईएनले जनताका सुझाव संविधानसभामा पुर्याउन पुलको काम गर्यो । त्यस्तै संविधानसभाका विषयगत समितिले गरेका निणर्यलाई जनतासम्म पुर्याउनको लागि ठूलो भूमिका खेल्यो ।
त्यसैले सीआईएनलाई स्थापित गर्यो, समुदायका सवाल, सामाजिक रुपान्तरणका विषयका साथै राजनीतिक विषयलाई सीआईएनले स्वतन्त्र ढङ्गले प्रस्तुत गर्दछ भनेर संविधानसभा, सभासद र राजनीतिक दलले प्रशंसा गरे ।
३५ सय भन्दा बढी स्वयंसेवी सामुदायिक पत्रकारहरू प्रशिक्षित भइसकेका छन्, उनीहरूले आफ्नो गाँउटोलमा भएका सवाल सीआईएन र नजिकको सामुदायिक रेडियोलाई दिने गरेका छन् । बुहारी पत्रकार, किशोरकिशोरी पत्रकार, सामुदायिक बाल पत्रकार सीआईएनले सुरु गरेका नयाँ अभ्यास र विशेषताहरू हुन् ।
देशभर सञ्चालनमा रहेका सामुदायिक रेडियोहरूलाई भूउपग्रह प्रणालीको एउटै सूचना सञ्जालमा आवद्ध गर्नु, प्राविधिक हिसाबले उनीहरूलाई एकआपसमा दुईतर्फी बनाएर सामुदायिक रेडियोको शक्ति बढाउने भन्ने उद्देश्यलाई सीआईएनले पूरा गर्दै गयो ।
राष्ट्रिय एकता, पहिचान, लोकतन्त्र, शान्ति, दिगो विकास र परम्परागत हानिकारक अभ्यासहरूको अन्त्यगरी सामाजिक रूपान्तरणको अभियान गर्ने लक्षका साथ सीआईएन अघि बढ्यो । संविधान निर्माण र शान्ति प्रक्रियाका साथै आर्थिक विकासका मुद्दालाई जीवनसँग जोडेर सीआईएनले निरन्तर उठाउदै आयो ।
भाषा र संस्कृतिको विकासका लागि सीआईएनले स्थापनाकालदेखि महत्वपूणर् भूमिका खेल्दै आएको छ । २०७२ सालको बिनाशकारी भूकम्पको समयमा र त्यस पश्चातको समयमा सीआईएनले राम्रो काम गर्न सक्यो ।
मधेशमा भएको डुवान र हुरीले सिर्जना गरेको विपद्को समयमा त झन् स्थानीय भाषा र लवजमा आवश्यक जानकारी बाँडेपछि सीआईएनको महत्व बढेको छ । सामाजिक रुपान्तरण र सबै प्रकारको विभेदको अन्त्यका लागि सीआईएनले प्रभावकारी कार्यक्रम तथा रेडियो सामग्रीहरू प्रसारण गर्दै आएको छ ।
देशभरि सञ्चालनमा रहेका ३ सय ७५ भन्दा बढी सामुदायिक रेडियोहरूको पक्षमा वकालत गर्न र उनीहरूको स्तरोन्नतिका लागि अझै सामुदायिक सूचना नेटवर्क (सीआईएन) ले धेरै गर्न बाँकी छ । गत वर्ष र यो वर्षको कोभिड १९ ले सिर्जना गरेको महाव्याधिको समयमा सीआईएनले आफूलाई अझै अब्बल साबित गरेको छ ।
सीआईएनले यो समयमा चाहिने सबै प्रकारका सूचना र जानकारी नागरिकलाई दिने काम गरेको छ । सेवा नपाएका व्यक्तिलाई सेवा दिलाउने पहल सीआईएनले गर्दै आएको छ । सीआईएनको समाचार कक्षलाई देशैभरिका सामुदायिक रेडियोको साझा समाचार कक्ष र साझा पाठशालाको रुपमा विकास गर्ने प्रयत्न गरिएको छ ।
सबै सामुदायिक रेडियोका संवाददाताहरूले सीआईएनको संवाददाताको रुपमा काम गर्न सक्ने गरेर सबैको लागि सीआईएनको ढोका खुल्ला गरिएको छ । ‘सयौैँ रेडियो, हजारौँ रेडियोकर्मी र करोडौँ नेपालीको माझमा, यो हो सामुदायिक सूचना नेटवर्क (सीआईएन)’ हाम्रो पहिचान भइसकेको छ ।
साँच्चै सीआईएनमा ११ सय भन्दा बढी रेडियोकर्मीहरूले आफ्नो आवाज दिइरहेका छन् ।
भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि विषेश कार्यक्रम तथा गहिरो खोजी गरेर रिपोर्टहरू प्रसारण गर्ने गरेको छ । सांसदहरूलाई नागरिकसँग जिम्मेवार बनाउन सीआईएनले ‘हेलो सांसद’ कार्यक्रम गर्दै आएको छ । यसले नीतिगत तहमा ठूलो प्रभाव पारेको छ ।
३५ सय भन्दा बढी स्वयंसेवी सामुदायिक पत्रकारहरू प्रशिक्षित भइसकेका छन्, उनीहरूले आफ्नो गाँउटोलमा भएका सवाल सीआईएन र नजिकको सामुदायिक रेडियोलाई दिने गरेका छन् । बुहारी पत्रकार, किशोरकिशोरी पत्रकार, सामुदायिक बाल पत्रकार सीआईएनले सुरु गरेका नयाँ अभ्यास र विशेषताहरू हुन् ।
नेपालकै सबैभन्दा ठूलो प्रसारण सञ्जाल मात्रै नभइ एसियाकै उदाहरणीय रेडियो नेटवर्कको रुपमा आफूलाई स्थापित गर्न सीआईएन सफल भएको छ ।
सामुदायिक रेडियो प्रसारक सङ्घ लोकतान्त्रिक मूल्य र मान्यताबाट निर्देशित भएर समाजको सकारात्मक रुपान्तरणका साथै समतामुलक समृद्ध र सुरक्षित समाज निर्माणमा सीआईएन जुटिरहेको छ ।
सीआईएनको स्थापना हुनुभन्दा अघि रेडियोहरूले कि त काठमाण्डौँबाट नेटवर्कको समाचार किन्ने गरेका थिए कि त काठमाण्डौँमा संवाददाता राखेर केन्द्रको समचार लिने गरेका थिए ।
व्यापारिक नेटवर्कको समाचार प्रसारण गर्ने अनि सामुदायिक रेडियो भन्ने भनेर मलाई पनि रेडियो पर्यावरणको कार्यकारी निर्देशक हुँदा प्रश्न आउने गरेको थियो ।
अन्य साथीहरूले पनि आफूलाई अफ्ठ्यारो भएको बताउनुहुन्थ्यो । सामुदायिक रेडियो प्रसारकहरूलाई यस्तै धेरै अफ्ठ्याराहरू भएर नै सामुदायिक रेडियो प्रसारक सङ्घले सीआईएनको अवधारणा अघि बढाएको हो ।
उद्देश्यअनुरुप नै नागरिकको सूचनाको अधिकारलाई प्रवद्र्धन, लोकतन्त्र, सामाजिक न्याय, मानवअधिकार तथा सामाजिक रूपान्तरण, विपतको सामना, कृषि र आर्थिक समृद्धि तथा वातावरण र कला संस्कृतिको संरक्षणलाई सीआईएनले प्राथमिकता दिदै आएको छ ।
सूचना अभावबाट उत्पन्न गरिबीलाई समेत यसले न्यूनीकरण गर्ने भूमिका खेल्दै आएको छ । स्वभावतः यो सञ्जाल अरूभन्दा भिन्न त्यही भएर मेचीदेखि महाकालीका नागरिकका बीचमा लोकप्रिय मात्रै होइन विश्वासिलो र दुःख, सुखको साथीको रुपमा बलियो प्रसारण सञ्जाल बन्न सफल भएको छ ।
राजनीतिक विषयका साथै सीआईएनले धेरै सामाजिक विकृतिविरुद्धको अभियानमा संयोजनकारी भूमिका निर्वाह गर्न सफल भयो । धर्मका नाममा बालबालिका, महिला र अन्य कसैलाई पनि विभेद नगर्ने र विभेद अन्त्य गराउन अनि बालविवाह रोक्न सबै धर्मका धर्मगुरुहरूलाई प्रतिबद्ध गराउने काम सीआईएनले गरेको छ ।
स्थानीय तहको निर्वाचन, प्रतिनिधि सभाको निर्वाचन र हरेक राजनीतिक घटनाक्रममा सीआईएनले राम्रो भूमिका निर्वाह गर्न सक्यो ।
अहिले जनतालाई स्थानीय तहसँग जोड्ने प्रभावकारी काम सीआईएनले गरेको भनेर नगरपालिका सङ्घ र गाउपालीका महासङ्घले प्रशंसा गरिरहेका छन् ।
नागरिक, स्थानीय तह, प्रदेश र केन्द्रलाई जोड्ने काममा सीआईएन कार्यनीति नै बनाएर अघि बढेको छ । जनताका सवालहरूलाई समाधान गर्न ‘सोधीखोजी’ कार्यक्रम गर्दै आएको छ ।
भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि विषेश कार्यक्रम तथा गहिरो खोजी गरेर रिपोर्टहरू प्रसारण गर्ने गरेको छ । सांसदहरूलाई नागरिकसँग जिम्मेवार बनाउन सीआईएनले ‘हेलो सांसद’ कार्यक्रम गर्दै आएको छ । यसले नीतिगत तहमा ठूलो प्रभाव पारेको छ ।
साना साना बालिबालिका लागि ‘रेडियो बाल सिकाई’, ‘हाम्रो घर हाम्रो पाठशाला’ र ‘सामुदायिक रेडियो पाठशाला’ जस्ता कार्यक्रम सीआईएनले प्रसारण गर्दै आएको छ ।
‘हेलो सीआइएन’ मार्फत सीआईएनको आईभीआर र टेलिफोनमा स्रोताले राखेको प्रश्न तथा समस्याहरूको समाधान गर्ने कार्य निक्कै प्रभावकारी हुँदै गएको छ । यसमार्फत समाधान गरिएको १९ सय ५० भन्दा बढी समस्याहरूको दस्तावेजीकरण हेर्ने हो भने हामीले हाम्रो प्रभाव खोज्न कतै जानु पर्दैन ।
सीआईएनमा भनेपछि समस्याको समाधान हुन्छ भन्ने विश्वास दिलाउन सकेकाले नै यति धेरै स्रोताहरूले सीआईएनमा प्रश्न टिपाइरहनु भएको छ ।
विगतका वर्षहरूमा पनि समाज सुधार गर्ने अभियान अन्तर्गत ‘जीवन साथी, कति जाती, ‘नब्बेपार, सक्रिय लगातार’, ‘मनले देखेको संसार’, ‘सडकका कथा’, ‘पानी जिन्दगानी’ जस्ता प्रशिद्ध रेडियो श्रृङ्खला सीआईएनले गरेको थियो ।
युनिसेफसँगको सहकार्यमा सामाजिक सञ्जालमार्फत समुदायले कस्तो सूचना खोजेका छन् पत्ता लगाएर त्यसको समाधान गर्ने र त्यही अनुसारको प्रसारण सामग्री तयार गर्ने कार्य भइरहेको छ ।
दी एसिया फाउण्डेसनसँगको सहकार्यमा स्थानीय सरकार सबलीकरणका लागि विषेश रेडियो कार्यक्रम र छलफलहरूलाई अगाडि बढाएका छौँ।
जागिरभन्दा सेवाको भावना बढी भएका साथीहरूको कारण हामीले धेरै सफलता हासिल गर्न सकेका छौँ ।
यस्तै प्रयासको फलस्वरुप सीआईएनमा कार्यरत कर्मचारीहरूले धेरै राष्ट्रिय पुरस्कार प्राप्त गर्नु भएको छ । बिगतका ५ वर्षमा मात्रै ११ वटा राष्ट्रिय पुरस्कार प्राप्त भएको छ ।
राजनीतिक विषयका साथै सीआईएनले धेरै सामाजिक विकृतिविरुद्धको अभियानमा संयोजनकारी भूमिका निर्वाह गर्न सफल भयो । धर्मका नाममा बालबालिका, महिला र अन्य कसैलाई पनि विभेद नगर्ने र विभेद अन्त्य गराउन अनि बालविवाह रोक्न सबै धर्मका धर्मगुरुहरूलाई प्रतिबद्ध गराउने काम सीआईएनले गरेको छ ।
यसै महिना भएका दुईवटा कार्यक्रममा गरेर एक सय ५० भन्दा बढी धार्मिक अगुवाहरूको प्रतिबद्धता लिइएको छ । सीआईएनको संयोजनमा देशभरिका रेडियोकर्मीहरूको सहभागितामा बालविवाहविरुद्धको अभियान अन्तर्गत तीस हजार दुई सय पचासभन्दा बढी व्यक्तिहरूको प्रतिबद्धता र विचारहरू सङ्कलन गरियो ।
सामुदायिक रेडियो प्रसारक सङ्घले सञ्चालन गर्ने तालिमहरूबाट धेरै रेडियोकर्मी लाभान्वित भएका छन् । यसवर्ष कोभिडका कारण ३ सय ५० जना रेडियोकर्मीलाई भच्र्युअल माध्यमबाट तालिम दिने काम भयो भने ४५ जनालाई प्रत्यक्ष उपस्थित भएर तालिम दिने कार्य गरियो ।
राष्ट्रपति, मन्त्रीहरू, प्रमुख दलका शीर्ष नेतादेखि आम समुदायका व्यक्तिहरूलाई प्रतिबद्ध गराउँदा यसले बालविवाहविरुद्धको अभियानमा ठूलो टेवा पुगेको छ । अभियान अन्तर्गत यस वर्ष जिल्लाजिल्लामा सरोकारवालाहरूलाई जम्मा गरेर प्रत्यक्ष प्रसारण गर्ने काम गरियो ।
वर्ल्डभिजन इन्टरनेशनलसँगको सहकार्यमा कोरनाको प्रभाव सामान्य भएपछि यो अभियानले फेरि निरन्तरता पाउनेछ । दाइजो प्रथा, छाउपडी, बोक्सी आरोप, जातीय विभेद, कुमारी प्रथा, देउकी, झुमा, बहुविवाह लगायतका कुरीतिविरुद्धका रेडियो कार्यक्रम र सूचनामूलक सामग्री निर्माण गरेर प्रसारण गर्ने काम निरन्तर भइरहेको छ ।
बितेका २ वर्षमा अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा अक्टोबर ११ तारिखका दिन १२ सय किशोरी रेडियोमा जोडिएर छलफल चलाउने जस्ता उदाहरणीय काम हामीले गर्न सफल भएका छौँ ।
विगतका वर्षहरूमा पनि समाज सुधार गर्ने अभियान अन्तर्गत ‘जीवन साथी, कति जाती, ‘नब्बेपार, सक्रिय लगातार’, ‘मनले देखेको संसार’, ‘सडकका कथा’, ‘पानी जिन्दगानी’ जस्ता प्रशिद्ध रेडियो श्रृङ्खला सीआईएनले गरेको थियो ।
सीआईएनले सामुदायिक रेडियोका रेडियोकर्मीहरूको क्षमता वृद्धिका लागि स्थापनाकालदेखि नै काम गरिरहेको छ ।
देशभरिका संवाददाताहरूलाई रेडियो रिपोर्ट निर्माण, प्रभावकारी समाचार लेखनका काम फोन, इमेल र सामाजिक सञ्जालमार्फत सिकाउने काम हुँदै आएको छ ।
सीआईएनको स्रोताहरू बढिरहेको, सीआईएन प्रसारण गर्ने रेडियोहरूको संख्या बढिरहेको र हामिसँग सहकार्य गर्ने संघसंस्थाहरू बढिरहेकाले हामी थप उत्साहित छौँ । हामीले नेपालका सामुदायिक रेडियोका लागि धेरै गर्न बाँकी छ ।
सामुदायिक रेडियो प्रसारक सङ्घले सञ्चालन गर्ने तालिमहरूबाट धेरै रेडियोकर्मी लाभान्वित भएका छन् । यसवर्ष कोभिडका कारण ३ सय ५० जना रेडियोकर्मीलाई भच्र्युअल माध्यमबाट तालिम दिने काम भयो भने ४५ जनालाई प्रत्यक्ष उपस्थित भएर तालिम दिने कार्य गरियो ।
गएको वर्ष ५४ वट राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था र दातृ निकायहरूसँग सीआईएनले रेडियो कार्यक्रम उत्पादन, रेडियो जिङ्गल, पीएसए र अन्य रेडियो सामग्रीहरूको उत्पादन र प्रसारणको लागि सहकार्य गरिएको छ ।
सहकार्य हुदै आएका राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्था तथा सञ्चारमाध्यमसँगको सहकार्य आगामी वर्षहरूमा पनि निरन्तर र अझ प्रगाढ हुदै जानेछ भन्ने अपेक्षा गर्दछौँ ।
सीआईएनको स्रोताहरू बढिरहेको, सीआईएन प्रसारण गर्ने रेडियोहरूको संख्या बढिरहेको र हामिसँग सहकार्य गर्ने संघसंस्थाहरू बढिरहेकाले हामी थप उत्साहित छौँ । हामीले नेपालका सामुदायिक रेडियोका लागि धेरै गर्न बाँकी छ ।
सबै रेडियोको अपनत्व हुने गरेर, सबैले समान अवसर पाउने गरेर र सबैको दिगोपनमा टेवा पुग्ने गरेर सीआईएनले काम गर्नेछ भनेर हामी सीआईएनको कार्यनीति बनाएर अघि बढ्दैछौँ ।
सीआईएनमा आबद्ध देशभरिका सामुदायिक रेडियोकर्मीहरू, अकोराब सीआईएनमा स्थापनाकालदेखि काम गर्नुहुने पूर्व सहकर्मी तथा पदाधिकारीज्यूहरू र केन्द्र अनि प्रदेश कमिटीका पदाधिकारीज्यूहरू तथा अहिले काम गरिरहनुभएका सहकर्मी साथीहरूकै अतुलनीय योगदानकै कारण सीआईएन आज नेपाल मात्रै नभइ दक्षिण एसियाकै सबैभन्दा ठूलो रेडियो नेटवर्क र विश्वकै मोडल सञ्चारमाध्यमको रुपमा विकास भइरहेको छ ।
सीआईएन १३ औँ वर्षमा प्रवेश गर्दाको सुखद क्षणमा ती सम्पूण सहयोगी हातहरूलाई नमन गर्दै सीआईएनलाई माया गर्ने सबै स्रोता शुभचिन्तकहरूप्रति आभार प्रकट गर्दछौं ।
प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८, १३:००