सामाजिक सञ्जाल तथा नयाँ मिडियाका कारण पछिल्लो समय रेडियो र टेलिभिजनको स्रोता र दर्शक घटे भनेर चिन्ता बढेको छ ।
धेरै सञ्चारमाध्यम भए पनि सत्य तथ्य समाचार तथा जानकारीको लागि सामुदायिक रेडियोहरूमै भर पर्ने गरेको स्रोता सर्भेक्षणहरूमा देखिन्छ ।
२०८० कात्तिक १७ गते राति जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम जिल्लामा ठूलो क्षति गर्यो र त्यतिबेला प्रभावितहरूको साथी सामुदायिक रेडियो र सीआईएन भयो ।
यस्ता विपदहरूमा सबैभन्दा नजिकको आफ्नो पीडा उजागर गर्ने माध्ययम सामुदायिक रेडियो हो भन्ने देशैभरि परेको छ ।
२०७२ सालको विनासकारी भूकम्पको समयमा र त्यसपश्चातको समयमा सीआईएनले राम्रो काम गर्न सक्यो । मधेशमा भएको डुवान र हुरीले सिर्जना गरेको विपद्को समयमा त झन् स्थानीय भाषा र लवजमा आवश्यक जानकारी बाँडेपछि सीआईएनको महत्व बढेको छ ।
अन्तरष्ट्रिय जगतमा पनि यसको प्रशंसा भएको छ, प्रशंसा मात्रै होईन अकोराब/सीआईएनले WSIS Prizes 2024 पनि प्राप्त गरेको छ, यहि नै सीआईएनको गर्व गर्नलायक विषय हो ।
अहिले पनी सीआईएनले बालबालिका र युवा तथा सबै प्रकारका विपद्का पीडितहरूको समस्या सम्बन्धित निकायबाट समाधान गराउनको लागि पुलको काम गर्दै आएको छ, रेडियो कार्यक्रम र अन्य रेडियो सामग्रीमा यसलाई प्राथमिकता दिएको छ ।
२०७२ सालको विनासकारी भूकम्पको समयमा र त्यसपश्चातको समयमा सीआईएनले राम्रो काम गर्न सक्यो ।
मधेशमा भएको डुवान र हुरीले सिर्जना गरेको विपद्को समयमा त झन् स्थानीय भाषा र लवजमा आवश्यक जानकारी बाँडेपछि सीआईएनको महत्व बढेको छ ।
सामाजिक रुपान्तरण र सबै प्रकारको विभेदको अन्त्यका लागि सीआईएनले प्रभावकारी कार्यक्रम तथा रेडियो सामग्री प्रसारण गर्दै आएको छ ।
देशभरि सञ्चालनमा रहेका ३ सय ७२ भन्दा बढी सामुदायिक रेडियोहरूको पक्षमा वकालत गर्न र उनीहरूको स्तरोन्नतिको लागि अझै सामुदायिक सूचना नेटवर्क (सीआईएन) ले धेरै गर्न बाँकी छ ।
कोभिड १९ ले सिर्जना गरेको महाविपद्मा पनि सीआईएनले आफूलाई अब्बल साबित गर्न सक्यो ।
गएको निर्वाचनमा थप बुलेटिन र प्रत्यक्ष प्रसारण गरेर सीआईएनले नागरिकलाई चाहिने सूचना मात्रै दिएन भ्रामक तथा गलत सन्देशहरुको भ्रममा पर्नबाट स्रोताहरूलाई बचाउने काम पनि गर्यो ।
सीआईएनको समाचार कक्षलाई देशैभरिका सामुदायिक रेडियोको साझा समाचार कक्ष र साझा पाठशालाको रूपमा विकास गर्ने प्रयत्न गरिएको छ ।
भौतिक रूपमा र भरच्युएल माध्यमबाट सामुदायिक रेडियोकर्मीको क्षमता विकास गर्ने काम सीआईएनले गरिरहेको छ ।
आगामी दिनमा सीआईएनमा इन्टर्न गर्नको लागि सामुदायिक रेडियोबाट आउने र सामुदायिक रेडियोमा सीआईएनका रेडियोकर्मी जाने वातावरण हामी बनाउँदैछौँ ।
देशभरिका सामुदायिक रेडियोहरूको पहुँच देशैभरि पुर्याउनको लागि सामुदायिक सूचना नेटवर्क (सीआईएन) ले पुलको रूपमा काम गरिरहेको छ ।
सामुदायिक रेडियोले उठाएका स्थानीय नागरिकका सवाललाई मुलप्रवाहिकरण गर्ने र सरकार अनि सरोकारवालामार्फत समाधान गर्ने साझा सञ्जालको रूपमा सामुदायिक सूचना नेटवर्क (सीआईएन) ले काम गरिरहेको छ ।
देशभरि खुलेका सामुदायिक रेडियोहरूका लागि केन्द्रको समाचार तथा सूचनाको सहज पहुँच बनाउन र स्थानीय सवालहरूलाई केन्द्रसम्म ल्याएर नीतिगत समाधान गराउनको लागि २०६६ जेठ १५ गतेबाट सीआईएनको सुरुवात गरिएको थियो ।
तत्कालीन संविधानसभाका सभामुख सुवास नेम्वाङले सीआईएनको उद्घाटन गर्दै सीआईएनले संविधान निर्माणका क्रममा जनताका सवाल संविधानसभासम्म ल्याउन सहयोग पुर्याउने विश्वास व्यक्त गर्नु भएको थियो ।
उहाँले भने जस्तै सीआईएनले जनताका सुझाव संविधानसभामा पुर्याउन पुलको काम गर्यो । त्यस्तै संविधानसभाका विषयगत समितिले गरेका निणर्यलाई जनतासम्म पुर्याउनको लागि ठूलो भूमिका खेल्यो ।
त्यसैले सीआईएनलाई स्थापित गर्यो, समुदायका सवाल, सामाजिक रुपान्तरणका विषयका साथै राजनीतिक विषयलाई सीआईएनले स्वतन्त्र ढङ्गले प्रस्तुत गर्दछ भनेर संविधानसभा, सभासद र राजनीतिक दलले प्रशंसा गरे ।
देशभर सञ्चालनमा रहेका सामुदायिक रेडियोहरूलाई भूउपग्रह प्रणालीको एउटै सूचना सञ्जालमा आवद्ध गर्नु, प्राविधिक हिसाबले उनीहरूलाई एकआपसमा दुईतर्फी बनाएर सामुदायिक रेडियोको शक्ति बढाउने भन्ने उद्धेश्यलाई सीआईएनले पूरा गर्दै गयो ।
सीआईएनका समाचार र कार्यक्रमलाई देशभरिका सामुदायिक रेडियोले प्रसारण गर्दै आएका छन् ।
स्वभावतः यो सञ्जाल अरूभन्दा भिन्न त्यही भएर मेचीदेखि महाकालीका नागरिकका बीचमा लोकप्रिय मात्रै होइन विश्वासिलो र दुःखसुखको साथीको रूपमा बलियो प्रसारण सञ्जाल बन्न सफल भएको छ ।
जिल्लाका रेडियोमा काम गर्ने साथीहरूले आफ्नो रेडियोका साथै पछिल्लो समय धेरै व्यावसायिक रेडियो, विभिन्न, एप र अनलाइनले समेत यसलाई गुणस्तरीय र सन्तुलित भनेर प्रसारण गर्न थालेकाले सीआईएन सबैको साझा नेटवर्क र विश्वासिलो सञ्चारमाध्यमको रुपमा विकास भएको छ ।
सीआईएन १६ औँ स्थापना दिवस मनाइँरहँदा हामीले धेरै आरोहअवरोह पार गर्दै आएका छौँ, धेरै उपलब्धिहरू हासिल गरेका छौँ । प्रसारणमा मात्रै होइन, सामाजिक रुपान्तरण र कुरीति अन्त्यको अभियानलाई पनि सीआईएनले सँगसँगै अघि बढाएको छ ।
राष्ट्रिय एकता, पहिचान, लोकतन्त्र, शान्ति, दिगो विकास र परम्परागत हानिकारक अभ्यासहरूको अन्त्य गरी सामाजिक रूपान्तरणको काममा सीआईएनले महत्वपूणर् भूमिका खेल्दै आइरहेको छ ।
भाषा र संस्कृतिको संरक्षण र विकासका लागि सीआईएनले स्थापना कालदेखि महत्वपूणर् भूमिका खेल्दै आएको छ ।
नेपालकै सबैभन्दा ठूलो प्रसारण सञ्जाल मात्रै नभइ एसियाकै उदाहरणीय रेडियो नेटवर्कको रूपमा आफूलाई स्थापित गर्न सीआईएन सफल भएको छ ।
सामुदायिक रेडियो प्रसारक सङ्घ लोकतान्त्रिक मूल्य र मान्यताबाट निर्देशित भइ समाजको सकारात्मक रूपान्तरणका साथै समतामूलक समृद्ध र सुरक्षित समाज निर्माणमा सीआईएन जुटिरहेको छ ।
जनता, स्थानीय तह, प्रदेश र केन्द्रलाई जोड्ने काममा सीआईएन कार्यनीति नै बनाएर अघि बढेको छ । जनताका सवालहरुलाई समाधान गर्न ‘सोधीखोजी’ कार्यक्रम गर्दै आएको छ ।
उद्देश्य अनुरुप नै नागरिकको सूचनाको अधिकारलाई प्रबद्र्धन, लोकतन्त्र, सामाजिक न्याय, मानव अधिकार तथा सामाजिक रूपान्तरण, विपतको समना, कृषि र आर्थिक समृद्धि अनि वातावरण र कला संस्कृतीको संरक्षणलाई सीआईएनले प्राथमिकता दिँदै आएको छ ।
सूचना अभावबाट उत्पन्न गरिबीलाई समेत यसले न्यूनीकरण गर्ने भूमिका खेल्दै आएको छ ।
स्वभावतः यो सञ्जाल अरूभन्दा भिन्न त्यही भएर मेचीदेखि महाकालीका नागरिकका बीचमा लोकप्रिय मात्रै होइन विश्वासिलो र दुःखसुखको साथीको रूपमा बलियो प्रसारण सञ्जाल बन्न सफल भएको छ ।
हरेक राजनीतिक घटनाक्रममा सीआईएनले राम्रो भूमिका निर्वाह गर्न सक्यो । अहिले जनतालाई स्थानीय तहसँग जोड्ने प्रभावकारी काम सीआईएनले गरेको भनेर नगरपालिका सङ्घ र गाउपालीका महासङ्घले प्रशंसा गरिरहेका छन् ।
जनता, स्थानीय तह, प्रदेश र केन्द्रलाई जोड्ने काममा सीआईएन कार्यनीति नै बनाएर अघि बढेको छ । जनताका सवालहरुलाई समाधान गर्न ‘सोधीखोजी’ कार्यक्रम गर्दै आएको छ ।
भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि विषेश कार्यक्रम तथा गहिरो खोजी गरेर रिपोर्टहरू प्रसारण गर्ने गरेको छ ।
सांसदहरूलाई नागरिकसँग जिम्मेवार बनाउन सीआईएनले ‘हेल्लो सांसद’ कार्यक्रम गर्दै आएको छ यसले नीतिगत तहमा ठूलो प्रभाव पारेको छ । बालिबालिका र युवाका लागि ‘हाम्रो पालो’ भन्ने रेडियो कार्यक्रम सीआईएनले प्रसारण गर्दै आएको छ ।
हेलो सीआइएनमार्फत सीआईएनको आईभीआर र टेलिफोनमा स्रोताले राखेको प्रश्न तथा समस्याहरूको समाधान गर्ने कार्य निक्कै प्रभावकारी हुँदै गएको छ ।
सीआईएनमा भनेपछि समस्याको समाधान हुन्छ भन्ने विश्वास दिलाउन सकेकाले नै यति धेरै स्रोताहरूले सीआईएनमा प्रश्न टिपाइरहेका छन् ।
दाइजो प्रथा, छाउपडी, बोक्सी आरोप, जातीय विभेद, कुमारी प्रथा, देउकी, झुमा, बहुविवाहलगायतका कुरीतिविरुद्धका रेडियो कार्यक्रम र सूचनामूलक सामग्री निर्माण गरेर प्रसारण गर्ने काम निरन्तर भइरहेको छ ।
देशैभरिका सामुदायिक रेडियोेमा र सीआईएनमा जागिरभन्दा सेवाको भावना र स्वयंसेवी भावना बढी भएका साथीहरूको कारण हामीले धेरै सफलता हासिल गर्न सकेका छौँ । धर्मका नाममा बालबालिका, महिला र अन्य कसैलाई पनि विभेद नगर्ने र विभेद अन्त्य गराउन र बालविवाह रोक्न सबै धर्मका धर्मगुरूहरुलाई प्रतिबद्ध गराउने काम सीआईएनले गरेको छ ।
दाइजो प्रथा, छाउपडी, बोक्सी आरोप, जातीय विभेद, कुमारी प्रथा, देउकी, झुमा, बहुविवाहलगायतका कुरीतिविरुद्धका रेडियो कार्यक्रम र सूचनामूलक सामग्री निर्माण गरेर प्रसारण गर्ने काम निरन्तर भइरहेको छ ।
गएको वर्ष १८ वटा राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था र दातृ निकायहरूसँग सीआईएनले रेडियो कार्यक्रम उत्पादन, रेडियो जीङ्गल, पीएसए र अन्य रेडियो सामग्रीहरूको उत्पादन र प्रसारणको लागि सहकार्य गरेको छ ।
सहकार्य हुदै आएका राष्ट्रिय तथा अन्तराष्ट्रिय सङ्घसंस्था तथा सञ्चारमाध्यमसँगको सहकार्य आगामी वर्षहरूमा पनि निरन्तर र अझ प्रगाढ हुँदै जानेछ भन्ने अपेक्षा गर्दछौँ ।
हामीलाई साथ दिने सम्पूणर् साझेदार संस्थाहरूलाई हार्दिक आभार व्यक्त गर्दछु ।
सीआईएनमा आवद्ध देशभरिका सामुदायिक रेडियोकर्मीहरू, अकोराब/सीआईएनमा स्थापनाकालदेखि काम गर्नुहुने पूर्व सहकर्मी तथा अहिले कामगरिरहनु भएका सहकर्मी साथीहरू, सामुदायिक रेडियो प्रसारक सङ्घका सहकर्मी साथीहरू, पदाधिकारी, बोर्डका पदाधिकारीज्यूहरु र अहिले कामगरिरहनु भएका सहकर्मी साथीहरूकै अतुलनीय योगदानकै कारण सीआईएन आज नेपाल मात्रै नभइ दक्षिण एसियाकै सबैभन्दा ठूलो रेडियो नेटवर्क र विश्वकै मोडल सञ्चारमाध्यमको रुपमा विकास भइरहेको छ ।
सीआईएन १६ औँ स्थापना दिवसको सुखद क्षणमा ती सम्पूणर् सहयोगी हातहरूलाई नमन गर्दै सीआईएनलाई माया गर्ने सबै स्रोता, शुभचिन्तकहरूप्रति आभार प्रकट गर्दछौँ ।
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१, १०:२४