काठमाडौं ।
पछिल्लो एक हप्ता शहरमा, प्रणय सप्ताहको निकै चर्चा भयो । सामाजिक सञ्जाल, भेटघाट र सञ्चार माध्यममा पनि यो विषय प्राथमिकता पायो । अंग्रेजी महिनाको फेब्रुअरी ७ देखि १४ तारिकसम्म प्रणय सप्ताह मनाइन्छ ।
आज प्रणय सप्ताहको अन्तिम दिन, भ्यालेन्टाइन डे । नेपाली समाजमा पश्चिमा सँस्कृतिले प्रभाव पारेको भन्दै आलोचना गर्नेहरू पनि छन् । तर प्रणय आफैंमा हरेक समाजको सँस्कृति हो ।
नेपाली समाजको प्रणय सँस्कृतिबारे नयाँ तथा पुराना प्रेमिल गीतहरूले के भन्छन् ?
बरिष्ठ गायक प्रेमध्वज प्रधान सम्झिनुहुन्छ, गीत रेकर्डका लागि कलकत्ता पुग्नु पर्ने त्यो समय । वि.सं. २०२३ सालबाट रेडियो नेपालमा गीत रेकर्ड हुन थालेपछि नेपाली स्रोताले थुप्रै प्रेमिल गीतहरू सुन्न पाए ।
नेपाली समाजमा पश्चिमा सँस्कृतिले प्रभाव पारेको भन्दै आलोचना गर्नेहरू पनि छन् । तर प्रणय आफैंमा हरेक समाजको सँस्कृति हो ।
‘समय नै त्यस्तै पर्यो कि मायाकै गीत बढी, त्यसफेर त, प्रधान भन्नुहुन्छ, ‘मेरो त जतिपनि आधुनिक गीत छ, त्यो मायाकै हुन्छन् ।’
बरिष्ठ गायक प्रधानका झन्डै ३० वटाजति भजन, २५ को हाराहारीमा राष्ट्रिय गीत र केही लोक गीतहरू पनि छन् । तर माया पिरतीका गीत ३ सय ७० भन्दा बढी गाउनुभएको छ ।
प्रधानले सुनाउनुभयो, ‘केही दिनअघि रेडियो नेपाल पुग्दा पुराना गीतहरूलाई डिजिटल प्रविधिमा सार्ने काम भइरहेको थियो । बुझ्दा त ३ सय ७० भन्दा बढी मायाकै गीत रहेछ ।’
पाँच वर्षको उमेरमा बुवा आमाले सानो हारमुनियम किनिदिएपछि गायीका नुपुर भट्टाचार्यको संगितको यात्रा सुरु भयो ।
आमा बुवा दुबै गाउने भएकाले छोरी पनि गायीका बनोस् भन्ने चाहना थियो । २०३० सालमा रेडियो नेपाल सुरू गर्नुभएका भट्टाचार्य छनौट गरेर मात्रै गीत गाउन रुचाउनुहुन्थ्यो ।
पुराना पुस्ताले आफ्नै पालामा बढी माया पिरतीको गीत गाउने गरेको बताइरहँदा नयाँ पुस्ताका गायक÷गायिका पनि माया प्रेम भन्दा परका गीतहरू चर्चामा नआउने बताउँछन् ।
शास्त्रीय संगीत अध्ययन गरेकाले रुची पनि बढी त्यतैतिर भयो । तर उहाँका धेरैजसो आधुनिक गीतहरू माया प्रेमकै छन् ।
नुपुर भन्नुहुन्छ, माया र गीतसंगितलाई छुट्याएर हेर्न निकै मुस्किल छ ।
‘मायालाई सम्पूर्ण रुपबाट अलग्याएर बडा मुस्किल हुन्छ गीत लेख्न’ , नुपुरले भन्नुभयो, ‘किनभने कि त विरहको गीत हुन्छ, प्रकृतिमा जहाँ सुख्खा बोटहरू छन्, पात छैनन् त्यस्ता गीतहरू हुन्छन् । कि लहलह फूलहरू फुलेका छन्, कति राम्रो भनेर त्यसमा माया बस्छ ।’
नुपुर अझै अगाडी भन्नुहुन्छ, ‘दुःखमा पनि माया छ, सुखमा पनि माया छ, खुशीमा पनि माया छ अनि छुटाइ जहाँ हुन्छ, छुटेको अवस्था, विरह भनुम्, त्यसमा पनि माया छ ।’
पुराना पुस्ताले आफ्नै पालामा बढी माया पिरतीको गीत गाउने गरेको बताइरहँदा नयाँ पुस्ताका गायक/गायिका पनि माया प्रेम भन्दा परका गीतहरू चर्चामा नआउने बताउँछन् ।
गायक महेश काफ्ले भन्नुहुन्छ, ‘मान्छेको विशेष रुचीचाहिँ प्रेमी/प्रेमीकाबिचको वियोग, मिलनकै बारेमा हुन्छ । एक अर्काप्रति पोखिने भावनाका कुराहरू समग्र साहित्य र गीतसंगितमा बढी रुचीकर हुन्छ जस्तो लाग्छ ।’
माया प्रेम भन्दा पर रहेर समाजको कल्पना गर्न सकिंदैन । समाजका गतिविधी र दिनचर्यालाई शब्द, संगीत र स्वरमा उतार्नेहरू माया प्रेमबाट पर रहने कुरै भएन । स्वभाविक रुपमा स्रोताको रोजाईमा पनि प्रेमिल गीतहरू नै बढि हुन्छन् ।
महेशले बाल्यकालमा गाएका सामाजिक गीतहरू पनि निकै चर्चामा थिए । तर पछिल्लो समय गाएका दुबै गीत माया प्रेमसँग सम्बन्धित छन् । जसलाई युट्युवमा करोडौं मानिसले हेरेका छन् ।
पछिल्लो समय महेशले गाउनुभएको दुबै गीत, नाच फिरिरि र च्याप्छु सिरानी धेरै मानिसले रुचाए ।
२०६१ सालमा पहिलो गीत गाउनुभएका गायक तथा संगीतकार अर्जुन पोखरेलको २०६६ सालबाट व्यवसायिक सांगीतिक जीवन सुरु भयो । अर्जुनले संगीत गरेका झन्डै १४ सय मध्ये ९० प्रतिशत भन्दा बढी गीत, माया प्रेमका छन् ।
अर्जुनले भन्नुभयो, ‘मायाप्रेम भन्ने कुरा जहिलेबाट मानिसले एक अर्काप्रति अनुभव गर्न थाल्यो, फिल गर्न थाल्यो त्यो बेलादेखि मायाप्रेमका कुराहरू भएका थिए । त्यो चाहे गीतको माध्यमबाट भयो होला, काही कविताको माध्यमबाट भयो होला अथवा काही त्यत्तिकै बोल्ने भाषामा भयो होला । ’
माया प्रेम भन्दा पर रहेर समाजको कल्पना गर्न सकिंदैन । समाजका गतिविधी र दिनचर्यालाई शब्द, संगीत र स्वरमा उतार्नेहरू माया प्रेमबाट पर रहने कुरै भएन । स्वभाविक रुपमा स्रोताको रोजाईमा पनि प्रेमिल गीतहरू नै बढि हुन्छन् ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६, ०९:५८