काठमाडौँ । नायक दिलिप रायमाझी कुनै समय चर्चामा भइरहने नेपाली नायक मध्यमा पर्नुहुनथ्यो । उहाँद्वारा अभिनित चलचित्र ‘दर्पण छाया’ले करिब १८ वर्ष अगाडि नेपाली बक्स अफिसमा धमाका मच्चायो भने त्यसपछि पनि कैयौँ चलचित्र हिट भए ।
तर पछिल्लो समय गुमनाम जस्तै भएका रायमाझी फेरि म्युजिक भिडियोमार्फत सार्वजिनक हुनुभएको छ । 'गैत सक्यो सानु पूरै वचपन गर्न्या हो गर्न्या हो' बोलको गीतमा रायमाझीले नायिका नीता ढुङ्गानासँग रोमान्स गरिरहनुभएको देखिन्छ ।
वरिष्ठ गीतकार राजेन्द्र थापाको शब्द, सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीतमा मीना निरौला र सन्तोष अधिकारीले स्वर दिनुभएको छ । फास्ट बिटको गीत विशेषगरी नृत्यका लागि तयार पारिएको सङ्गीतकार श्रेष्ठले जानकारी दिनुभयो ।
स्मृति तिमिल्सिनाको निर्देशन तथा वीरेन्द्र भाट विपिनको छायांकन र सम्पादन रहेको भिडियोको निर्देशन हेम प्रभासले गर्नुभएको हो ।
गीत हेर्नुहोस्ः
प्रकाशित मिति: सोमबार, मंसिर ९, २०७६, ११:२०