ओखलढुङ्गा । ओखलढुङ्गामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विश्वराज पोखरेल निर्वाचित हुनुभएको छ ।
नेपाली काँग्रेसका उम्मेदवार कुमार लुइँटेललाई ५ मतले पछि पार्दै रास्वपाका पोखरेल निर्वाचित हुनुभएको हो ।
१३ हजार ९ सय ५३ मत ल्याएर पोखरेल विजयी हुँदा काँग्रेसका लुइँटेलले १३ हजार ९ सय ४८ मत प्राप्त गर्नुभयो ।
नेकपाका उम्मेदवार अम्बिरबाबु गुरुङले ११ हजार २ सय ९६ मत ल्याउँदा एमालेकी उम्मेदवार अस्मिता थापा १० हजार ७ सय २० मत ल्याएर चौथो हुनुभयो ।
श्रम संस्कृति पार्टीका उम्मेदवार डा उद्धव राईले ३ हजार ८ सय ५८ मत ल्याउनुभयो । १५ जना उम्मेदवार मध्ये ५ जना बाहेक अन्यले हजार मत समेत कटाउन सकेका छैनन् ।
प्रकाशित मिति: आइतबार, फागुन २४, २०८२