हुम्ला । हुम्लाको जनकल्याण माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पूर्व मन्त्री रणसिंह परियार सर्बसम्मत चयन हुनुभएको छ ।
अदानचुली गाउँपालिका १ मा रहेको प्रस्तावित जनकल्याण माध्यामिक विद्यालय व्यवस्थापन समिति गठनको लागि विद्यालयले बोलाएको बैठकमा उहाँ उपस्थित नभए पनि बैठकले सर्वसम्मतले चयन गरेको हो ।
त्यसअघि उहाँले प्रधानाध्यापक परबहादुर थापालाई फोन गरी इच्छा देखाएपछि अन्य आकाङक्षीहरु पछि हटेका थिए ।
कर्णाली प्रदेश सभाका सदस्य समेत रहनुभएका परियार यसअघि कर्णाली प्रदेश सरकारका ऊर्जा तथा जलस्रोत मन्त्री हुनुभएका थियो ।
हुम्ला जिल्ला प्रदेश निर्वाचन क्षेत्र (क) मा माओबादी केन्द्रबाट प्रत्यक्ष निर्वाचत सांसदसमेत रहेका परियार विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चुनिनु भएको हो ।
शिक्षा नियमावली अनुसार विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावक मध्येबाट अध्यक्ष हुने व्यबस्था छ ।
परियारको भने उक्त विद्यालयमा अध्ययन गर्ने विद्यार्थी नभएपनि यहाँका स्थानीय नागरिक भएकाले सर्बसम्मत गरिएको प्रधानाध्यापक थापाले बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२