काठमाडौँ । २०७८ सालमा कृषिमा आइएस्सी गरेपछि कपिलवस्तुको रणगाईँका निरु थारु प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनामा पढेको कुरा व्यवहारमा कार्यान्वयन गर्ने अभ्यास गर्दै हुनुहुन्थ्यो ।
करिब २ वर्षअघि उहाँ सिमिटले सञ्चालन गरेको एनसाफ परियोजनामार्फत रणगाईँ आधारभूत बचत तथा ऋण सहकारी संस्थामा कृषि प्राविधिकको जिम्मेवारीमा नियुक्त भएपछि किसानको खेतबारीदेखि भकारीसम्म धाउनुपर्ने भयो ।
सहकारीमा १७ सय सदस्य थिए, डिजिटल परामर्श सेवा केन्द्र (जिओ कृषि एप) चलाउन सिकाउनेदेखि किसानको समस्या समाधानका लागि समन्वय गर्ने, घरघरमा पुगेर कृषिको तथ्याङ्क सङ्कलन गर्नुपथ्र्यो । तर सुरुमा केही चुनौतीको महसुस गर्नुभयो ।
निरु किसानको समस्या समाधानकर्ताको रुपमा मात्रै होइन, थारु समुदायबाट प्रतिनिधित्व गर्ने अगुवा किशोरीको समेत पहिचान बनाउनुभएको छ ।
सहकारीका पदाधिकारीलाई अघि लगाएर गाउँघरमा जाँदा अपरिचित ठानिएकी निरुलाई किसानहरूले आफूलाई समस्या पर्दा समाधान गर्ने प्राविधिक हो भन्ने थाहा पाए ।
त्यसपछि मुर्मी, घनचौरा, टुकौली बोक्टापुर, टाँकु, रणगाईँ लगायतका स्थानमा मकै खेतीका बारेमा जानकारी गराउने, न्यानो युरिया मलको प्रयोग गर्ने तरिका सिकाउन थाल्नुभयो ।
मकै मात्र नभएर धान खेतीका लागि गर्न सकिने असल अभ्यास, उत्पादन बढाउने उपायका बारेमा सहकारीमार्फत किसानलाई तालिम पनि निरुताकै नेतृत्वमा चलाउन थालियो । त्यसपछि भने बिहान सबेरैदेखि राति अवेरैसम्म उहाँको समय किसानको गुनासो सुन्नमै बित्छ ।
करिब २ वर्षको समयमा निरुले २ सयभन्दा धेरै किसानलाई मकै, धान, तरकारीमा देखिएको समस्या समाधानका लागि सहजिकरण गर्नुभएको छ । कृषिमा सफल अभ्यासका लागि सरोकारवाला निकायबीच समन्वयको काम पनि २१ वर्षिय निरुले नै गर्दै आउनुभएको छ ।
एनसाफ परियोजना अन्तर्गत सहकारीमा कृषि प्राविधिक भएर काम गर्दा निरुको सीप, क्षमताको विकास भएको छ । रणगाईँ आसपासका किसानलाई कुनै कृषि समस्या भएमा १० किलोमिटर टाढा पालिकामा पुग्नुपर्ने बाध्यता हटेको छ ।
यसबीचमा किताबमा पढेको कुरालाई व्यवहारमा लागु गर्न पाउँदा उहाँलाई सजिलो त भयो, बुद्धभूमि नगरपालिका ३ र ४ नम्बर वडाका जुनसुकै घरआँगनमा पुग्दा पनि नचिन्ने कोही नहुँदा झन् धेरै खुसी लाग्छ ।
निरु किसानको समस्या समाधानकर्ताको रुपमा मात्रै होइन, थारु समुदायबाट प्रतिनिधित्व गर्ने अगुवा किशोरीको समेत पहिचान बनाउनुभएको छ ।
कम्जोर आर्थिक अवस्थाका कारण सुरुमा कृषि विषय पढ्ने रहर भए पनि उहाँलाई सजिलो थिएन ।
हिजोआज ८ जनाको परिवारको आवश्यकता पूरा गर्न मात्रै होइन, गाउँघरमा अरु किशोरीलाई पनि पढाइमा प्रेरित गर्न निरुको अप्रत्यक्ष भूमिका छ ।
उहाँका बुवा परदेशी थारु र आमा चन्द्रमति थारुले पनि छोरीले कृषि प्राविधिकको काम पाएपछि घरपरिवार चलाउनदेखि गाउँघरमा अरुको बुझाइ प्रेरणादायी भएको अनुभव सुनाउनुभयो ।
एनसाफ परियोजना अन्तर्गत सहकारीमा कृषि प्राविधिक भएर काम गर्दा निरुको सीप, क्षमताको विकास भएको छ । रणगाईँ आसपासका किसानलाई कुनै कृषि समस्या भएमा १० किलोमिटर टाढा पालिकामा पुग्नुपर्ने बाध्यता हटेको छ ।
भिडिओः
प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१, १२:०५