काठमाडौँ । नेपालमा गएका २ महिनामा करिब ३ करोड रुपैयाँको प्याज आयात भएको छ । गत साउन र भदौ महिनामा २ करोड ९९ लाख ५६ हजार रूपैयाँको प्याज आयात गरिएको भन्सार विभागले जनाएको छ । यो पोहोरको साउन र भदौको तुलनामा झण्डै ३ गुणाले बढी भएको पनि विभागले जनाएको छ ।
विभागका अनुसार साउन र भदौमा १ लाख ६ हजार ४३३ किलो प्याज आयात गरिएको हो । पोहोरको साउन र भदौमा ७७ लाख ३२ हजार रूपैयाँ बराबरको ५० हजार ५२७ किलो प्याज आयात गरेको थियो ।
नेपालमा चीन र भारतबाट बराबरी जस्तै प्याज आयात भएको पाइएको छ । यो अवधिमा भारतबाट १ करोड ५१ लाख २६ हजार र चीनबाट १ करोड ४८ लाख ३० हजार रूपैयाँको प्याज आयात गरिएको विभागले जनाएको छ ।
गत आर्थिक बर्ष २०८०÷०८१ भरीमा करिब ९ करोड रूपैयाँको ५ लाख ९३ हजार ५७६ किलो प्याज आयात भएको भन्सार विभागको तथ्याङ्क छ ।
प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१, १३:२६