किशोरावस्थादेखिको रेडियो प्रेम
विद्यालयमा हुने शुक्रवारको कार्यक्रम (अतिरिक्त क्रियाकलाप) वादविवाद प्रतियोगिता होस् या वक्तृत्वकला प्रतियोगिता नै किन नहोस्, हरेक कार्यक्रममा मेरो सक्रिय सहभागिता रहन्थ्यो ।
म सहभागितामै चित्त बुझाउँथेन । यी र यस्ता कार्यक्रममा प्रथम र द्धितीय स्थान हासिल गर्न पनि खुब लाग्ने गर्थेँ । सफल भएरै छोड्ने मेरो स्वभाव पनि थियो ।
यतिमात्रै होइन, नाच्न र गाउनमा पनि म खुबै रुचि राख्दथेँ । मेरो बोल्ने शैली, म गाउन अनि नाचेको देख्दा मेरा बुवाले सधैँ मलाई स्याबासी दिनुहुन्थ्यो । उहाँले दिनुभएको स्याबासीले मलाई थप ऊर्जा मिलिरहन्थ्यो ।
म यति भाग्यमानी छु, विद्यलयमा प्रथम र द्धितीय स्थान हासिल गरेका मेरा प्रमाणपत्रहरू मेरो बुवाले उत्तिकै जतन गरेर राख्नुभएको थियो र आज पनि ती त्यतिकै सुरक्षित छन् । मलाई कहिलेकाहीँ हिजोआज हाँस्दै देखाउनुहुन्छ ।
‘यी हेर त ! तिम्रो सम्पति मैले जतन गरेर राख्या छु ।’ म अचम्म मान्दै भन्छु, ‘ह्या अब त फालिदिए पनि हुने, के काम छ र तिनको ?’ तर बुवा फाल्न चाहनु हुन्न, किनकि तिनीसँग मेरो खुसी र बुवाको अटुट माया जोडिएको छ ।
म अहिले पनि सम्झिन्छु कि त्यो भित्तामा झुण्ड्याएको रेडियामा प्रसारण भएका हरेक कार्यक्रम मेरा लागि कुनै नौला थिएनन् । किनकि बुवाको सबेरै उठेदेखि साँझ ननिदाउन्जेलसम्मको साथी रेडियो नै थियो ।
रेडियो सुन्दै हुर्केको म, रेडियोमा कतिबेला के–के आउँछ एक प्रकारको कण्ठै जस्तो थियो । म रेडियोमा प्रसारण हुने समाचारको शैली र कार्यक्रमको शैली आफ्नै आवाजमा बोलिरहन्थ्ये । यो सुन्दा मलाई पनि सबैले भन्न पठाउने गरिरहन्थे ।
कैलालीको फुलवारीमा जन्मेको म, एसएलसी दिएर फुर्सदमा थिएँ । आफू पढ्ने विद्यालयमा एक हप्ते उद्घोषण तालिम सञ्चालन हुँदैछ भन्ने खबर बुवाले साँझ खाना खाँदा सुनाउनु भयो । म हुरुक्कै भएँ र तालिम लिनका लागि सबै प्रक्रिया पूरा गरेँ ।
तेस्रो दिनबाट तालिम सञ्चालन भयो । तालिममा एसएलसी दिएर बसेका सबै साथीहरू सहभागी थिए । म पनि त्यो तालिममा खुबै चासोका साथ सहभागी भएँ । तालिममा निर्धक्क भएर कसरी बोल्न सकिन्छ, स्टेज कभरका कुरादेखि उल्टो पिरामिडसम्मको बारेमा धेरै कुरा बुझ्ने अवसर प्राप्त भयो ।
एक दिन प्रशिक्षक सरले समाचारका बारेमा सोधिरहँदा कोही केही बोलेनन् । म झट्टै उठेर बोलिहाँले र मैले सुनेको समाचारका बारेमा भन्न थालिहाँले । त्यो देखेर मलाई प्रशिक्षक सरले प्रश्न गर्न थाल्नुभयो, ‘तिमि कति घण्टा रेडियो सुन्छौ ?’
म हाँसे र केही बोलिन । सरले पुनः भन्नु भयो, ‘तिमि पछि गएर राम्रो समाचार वाचक बन्छौ । यति ज्ञान भएपछि त भइहाल्यो नि ।’
म फुरुङ्ग भएँ । मलाई लाग्यो, अब म रेडियोमा बोल्न सक्छु । तर मनमा डर पनि थियो, ‘म जस्तो पनि रेडियोमा बोल्न सक्छन् त ? होइन होला, रेडियोमा बोल्ने त खत्रै हुन्छन होला, विद्धान हुन्छन् होला, धेरै पढेका हुन्छन् होला ।’
मेरो समाचारमा काम गर्ने धोको पनि पलाउन थाल्यो । मैले समाचार शाखामा काम गर्ने प्रस्ताव पेस गरेँ । त्यसैका आधारमा मलाई राति १० बजेको समाचार पढ्नका लागि अग्रजहरूले भन्नुभयो ।
मलाई रेडियोमा बोल्ने रहर एकाएक पलायो । सधैँ रेडियो नेपाल मात्रै बज्ने मेरो घरमा अब निरन्तर एफएम बज्न थाले । म प्राय सबै कार्यक्रम सुन्ने र कार्यक्रममा फोनबाट सहभागिता पनि जनाउन थालेँ ।
त्यसताका रेडियोप्रतिको आकर्षण निकै थियो । कैलालीमा धेरै एफएम रेडियो थिए । कर्मचारी आवश्यकताका सूचनाहरु पनि निरन्तर प्रसारण भइरहन्थे । म पनि रेडियोमा बोल्न सक्छु भन्ने आत्मविश्वास ममा थियो ।
जहाँजहाँ सूचना प्रसारण हुन्थ्यो, त्यहाँत्यहाँ खोज्दै निवेदन दिन जाने म । तर मेरो सपना पूरा हुन सकेन । सबै ठाउँबाट आश्वासन मात्र पाउन थालेँ । तर पनि हार मानिन अझै सङ्घर्ष गर्दै गएँ ।
२०७२ सालमा सामुदायिक रेडियो अमरगढी एफएम डडेल्धुराले छैटौँ वार्षिकोत्सवको अवसरमा बृहत कृषि प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।
जसमा मलाई कलाकारको रूपमा आमन्त्रण गरिएको थियो । म कलाकारको रूपमा रेडियो अमरगढी एफएममा पहिलोचोटी प्रवेश गरेको थिएँ ।
कार्यक्रममा रेडियोका सबै स्टाफहरूसँग चिनजान गर्ने मौका जुर्यो । त्यसलगत्तै केही दिनमा उक्त रेडियोले कर्मचारी आवश्यकता सम्बन्धी विज्ञापन प्रसारण गर्यो । जसमा एक जना कार्यालयमा काम गर्ने रिसेप्सनिष्ट र अरु स्थानीय पालिकामा काम गर्नुपर्ने रिपोर्टरको माग थियो ।
म पनि आवेदन दिन रेडियोमा पुगेँ । मैले विचार गरेँ ‘अहिले रिसेप्सनिष्ट भए पनि, पछि सबै काम सिक्दै जान्छु, मैले जसरी पनि रेडियोमा बोल्नु छ ।’
मैले रिसेप्सनका लागि आवेदन दिने निर्णय गरेँ र फर्किएँ । एक हप्तापछि मलाई फोन आयो । ‘तपाईँ छनोटमा पर्नुभएकोमा बधाई छ । भोलि कार्यालय समयमा रेडियोमा सम्पर्क गर्नुहोला तपाईँको अन्तर्वार्ता छ ।’
म खुसी भएँ र भोलि एफएममा जाने निर्णय गरेँ । रेडियोमा जाने मेरोे निर्णयले आफै उत्साहित थिएँ । अर्कोतिर मेरो निर्णयलाई कतै मेरो श्रीमानले साथ नदिने पो हो कि भन्ने पिर पनि मनमा थियो ।
तर त्यो पीर खुसीमा परिणत भयो । श्रीमानले पनि मलाई रोकटोक गर्नु भएन । कताकता फेरि मनमा निरासा पनि थियो, फेरि अन्र्तवार्तामा कतै म छनोट भएन भने के गर्ने ।
अन्तः म अन्र्तवातामा पनि सफल भएँ । मेरो एफएममा काम गर्ने धोको पूरा भयो । यो धोको पूरा हुनुमा मेरो श्रीमान, परिवार अनि रेडियोको अमूल्य साथ छ । म भित्र भएको मेरो क्षमता र पहिचानलाई चिनाउने मेरो श्रीमानको पनि धोको रहेछ ।
म चिनिने माध्यम रेडियो हो । मैले नामसँगै दाम पनि कमाएकी छु । रेडियोमा एक दिन बोल्न नपाउँदा, के के न बिराए जस्तो, हराए जस्तो हुने मलाई अन्यन्त्र पलायन हुने कुरा त म सोच्नसमेत सक्दिन ।
यो क्षेत्रमा ‘सुरुदेखि नै तिम्रो साथमा छु ।’ भन्ने उहाँको वचनले मलाई काम गर्नमा कुनै असहज भएन । बरु मलाई अझ बढी हौसला मिल्यो भन्दा फरक पर्दैन ।
रेडियोको रिसेप्सनबाट मेरो रेडियोको यात्रा सुरु भयो । रेडियोमा आउने फोन उठाउने, रेडियोमा आउने अतिथिहरूको व्यवस्थापनबाट मैले काम थालेँ । तर बिस्तारै रेडियोका विज्ञापनमा बोल्ने अवसर पनि मैले पाउन थालेँ ।
प्राविधिकको काम पनि सिकेँ । मैले रेडियोमा शनिवार दिउँसो प्रसारण हुने ‘खेलौँ दोहोरी’ कार्यक्रमबाट रेडियोमा बोल्ने रहर पूरा गर्न थालेपछि झन् नयाँ कुरा र सीप सिक्नुपर्छ भन्ने लाग्न थाल्यो ।
सहकर्मी भानबहादुर र मैले कार्यक्रम चलाउदै गयौँ र कार्यक्रम धेरैले मन पराउन थाले। सुन्ने जति सबैले राम्रो सुझाव दिन थाले । त्यसपछि मैले फेरि डोट्याली भाषाको कार्यक्रम चलाउन थालेँ ।
त्यतिले मात्रै मलाई पुगेन । मेरो समाचारमा काम गर्ने धोको पनि पलाउन थाल्यो । मैले समाचार शाखामा काम गर्ने प्रस्ताव पेस गरेँ । त्यसैका आधारमा मलाई राति १० बजेको समाचार पढ्नका लागि अग्रजहरूले भन्नुभयो ।
मैले समाचार पढ्न सुरु गरे, राम्रै पढेको थिए । त्यसैले होला मलाई साँझ ८ बजेको समाचार हेर्न भनी जिम्मेवारी पनि थपिदिनुभयो ।मलाइ काम गर्ने प्रेरणा थप मिल्यो र साँझ ६ बजे अनि दिनभरिका समाचार हेर्न भ्याइनभ्याइ हुन थाल्यो ।
म फिल्डमा गएर समाचार सङ्कलन गर्न थालेँ । आमनागरिकका सवाल उठान गरिरहँदा रेडियो र समाजबाट राम्रो अनी सकारात्मक प्रतिक्रिया पाउन थालेँ । अहिले म नियमित समाचार शाखासँगै रेडियोको लेखा प्रमुखको भूमिका निभाइरहेको छु ।
रेडियोमा बोल्ने रहर अझैँ अधुरो
२०७२ सालबाट रेडियाकोे यात्रा सुरु गरेर काम गर्दै जाँदा समयले धेरै साथीहरूसँग भेटिनु र छुटिनुपर्यो । रहरले आएकाहरू बाध्यताले छुट्दै गए । धेरैले सोधिरहन्छन, ‘रेडियोमा पैसा कहाँबाट आउछ ?’
धेरै मिडियामा काम गर्ने साथीहरूले समयमै तलब नपाउँदा अन्यन्त्र पलायन हुँदाको पीडा पनि सुन्नमा आउँदा यसमा आजसम्म म लगाएत मेरा सहकर्मीहरूले निरन्तर तलबसँगै काम पनि राम्रोसँग गरिरहेका छौँ ।
आफूसँगैका कतिपय साथीहरूले रेडियो छाडेर अन्य पेशा वा लोक सेवामा नाम पनि निकाल्न सफल भए ।
म बाहिर आउँछु, ऊ म गएर कार्यक्रम, समाचार चलाएको ठाउँमा बसेर मेरै सिको गर्छ । अनि म सोच्न थाल्छु, ‘रेडियोबाट समाजका लागि विकासनिर्माण, सुशासन, कलासंस्कृतिको जगेर्नाका लागि योगदान दिने भोक नमेटिँदै सन्तानकै लागि पनि एक प्रेरणाको स्रोत बनिरहेको छु ।’
साथीहरूले लोकसेवा आयोगमा नाम निकाल्दा, सरकारी जागिरे हुँदा उनीहरूले बेला–बेलामा भनिरहन्छन, ‘यतिका वर्ष रेडियोमा काम गरेर भएन ? के रेडियोमा अझैँ भविष्य देख्छौ ? किन अल्झीरहेको ?’ यस्तो प्रश्न सुन्दा मन चसक्क हुन्छ । म सोच्न थाल्छु । म चिनिने माध्यम रेडियो हो । मैले नामसँगै दाम पनि कमाएकी छु । रेडियोमा एक दिन बोल्न नपाउँदा, के के न बिराए जस्तो, हराए जस्तो हुने मलाई अन्यन्त्र पलायन हुने कुरा त म सोच्नसमेत सक्दिन ।
अहिले मसँग १ वर्षको सानो बच्चा छ । उसँग मेरो रेडियो पत्रकारिता नियमित चलिरहेको छ । नचलोस् पनि कसरी ? म र मेरो मनले रेडियो नै साथी खोज्छ र समाजमा भए, गरेका हरेक गतिविधि नियाल्न खोज्छ ।
अहिले म मात्र नभइ मेरो बच्चा पनि रेडियोकै हेरिफेरीमा छ । उसलाई पनि खेलौनाभन्दा रेडियोको माइक प्यारो लाग्छ । जब म रेडियोमा समाचार, कार्यक्रम चलाउन स्टुडियो भित्र पस्छु । तब ऊ मलाई नियालीरहन्छ ।
जब म बाहिर आउँछु, ऊ म गएर कार्यक्रम, समाचार चलाएको ठाउँमा बसेर मेरै सिको गर्छ ।
अनि म सोच्न थाल्छु, ‘रेडियोबाट समाजका लागि विकासनिर्माण, सुशासन, कलासंस्कृतिको जगेर्नाका लागि योगदान दिने भोक नमेटिँदै सन्तानकै लागि पनि एक प्रेरणाको स्रोत बनिरहेको छु ।’
प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०, १८:५२