बाजुरा । बाजुरामा पुनर्निर्माण प्राधिकरण अन्तर्गत घर निर्माण गरेका लाभग्राहीले रकम नपाएको गुनासो गरेका छन् ।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका लाभग्राहीले घर पुन निर्माण गरे पनि रकम नपाएको गुनासो गरेका हुन् ।
बाढी पहिरोबाट क्षति ब्यहोरेका विपद प्रभावित स्थानियले घर निमार्ण सम्पन्न भएको वर्ष दिन बिति सक्दा पनि रकम पाउन नसकेको गुनासो गरेका हुन् ।
विपद् प्राधिकरण अन्तर्गत बाढी पहिरो प्रभावित स्थानीयलाई सङ्घ, प्रदेश र स्थानीय तहको सहयोगमा रकम उपलब्ध हुने गरी घर पुननिर्माण कार्य अघि बढाइएको थियो ।
तीनै तहको सरकारको साझेदारीमा विपद् प्रभावित स्थानीयलाई घर बनाए वापत रकम दिने भनिए पनि उपलब्ध नभएको स्थानीयवासी देउल्या ल्वारले बताउनुभयो ।
घर निर्माण भएको झण्डै दुई महिना विति सक्दा पनि पाउनुपर्ने रकम पाउन नसकेको बताउनुभयो ।
गत २०७९ असोज १६ गतेदेखि २५ गतेसम्म परेको अविरल वर्षाका कारण प्रभावित भएका स्थानीयलाई घर निर्माण गर्न सरकारले पाचँ लाख रकम दिने भनिएको थियो ।
स्थानीय तहको ५० हजार, प्रदेश सरकारको १ लाख ५० हजार र सङ्घीय सरकारको ३ लाख गरी लाभग्राहीले पाउनुपर्ने ५ लाख रकम पाउन नसकेको उहाँले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०, ११:४२