काठमाडौँ । दूध किसानको बक्यौता रकम भुक्तानीका लागि पहल गरे पनि सरकाररले समयमा नै कर्जा स्वीकृत नगरेका कारण समस्या भएको दुग्ध विकास बोर्डले जनाएको छ ।
बोर्डले किसानको रकम भुक्तानीका आगि आवश्यक रकम कर्जा स्वरूप उपलब्ध गराउन सरकारलाई माग गरेको तर हालसम्म स्वीकृत भने नभएको बोर्डले जनाएको छ ।
हाल दैनिक १ लाख ५० हजार लिटर दूध सङ्कलन गरिरहेको भए पनि बजारमा दैनिक १ लाख लिटर मात्रै खपत भइरहेको छ ।
जसका कारण ४४ जिल्लाका किसानको ८० करोड रूपैयाँ तिर्न बाँकी रहेको बोर्डले जनाएको छ । विक्रि नभएका दुधबाट बोर्डले मख्खन बनाएको तर मख्खन बिक्री हुन सकेको छैन ।
बोर्डसँग अहिले १ अर्ब रुपैयाा बराबरको मख्खन बाँकी रहेको बोर्डका सूचना अधिकारी राजेन्द्र प्रसाद अधिकारीले सीआईएनसँग बताउनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चालु आर्थिक वर्षको चैत महिनाभित्र दूध किसानको बक्यौता रकम भुक्तानी हुने दाबी गर्नुभएको थियो ।
संसदीय समितिले समेत पनि किसानको बक्यौता रकम तिर्न सरकारलाई निर्देशन दिइसकेको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०, ०९:३७