पर्वत ।
गण्डकी प्रदेशमा आज बिहान थप २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार नवलपरासी बर्दघाट सुस्ता पूर्वमा १२ जना, बागलुङ र कास्कीमा ४/४ जना, गोरखामा २ जना र तनहुँमा एक जनामा सङ्क्रमण पुष्टि भएको हो ।
सङ्क्रमण पुष्टि भएका कास्कीको पोखरा महानगरपालिका १५ का २९ वर्षिय पुरुष र बागलुङको बागलुङ नगरपालिकाका तीनजना पुरुष भारतबाट आई क्वारेण्टाईनमा बसेका व्यक्ति हुन् भने अरु सबै कन्टयाक्ट ट्रेसिङबाट पहिचान भएका व्यक्ति हुन् ।
स्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्माका अनुसार सङ्क्रमित हुनेमा पुरुष १४ जना रहेका छन् भने महिला ९ जना रहेका छन् ।
यो सँगै अहिलेसम्म गण्डकी प्रदेशभर कोरोना सङ्क्रमति हुनेको संख्या ३ हजार २ सय १ पुगेको छ ।
प्रकाशित मिति: बिहीबार, असोज १, २०७७, ०९:०५